Share
  •   
  •  
  •  
  •  

पाल्पा : रिब्दीकोट गाउँपालिका–३ स्थित हार्थोक प्रहरी चौकीले बागलुङको बुर्तिबाङबाट बुटवलतर्फ जाँदै गरेको जिपबाट आइतबार राति मृत अवस्थामा रहेको मृग (राते) बरामद भएको छ। ​

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले ध१ज ४६५ नम्बरको जिप गएराति साढे ११ बजे चेकजाँच गर्ने क्रममा पछाडिको सिटमा लुकाइराखेको अवस्थामा मृत मृग फेला परेको बताउनु भयो ।मृग लिएर हिँडेका ४ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बागलुङको ढोरपाटन नगरपालिका–६ का २८ वर्षीय रमेश भण्डारी, बागलुङकै निसीखोला गाउँपालिका–३ का २९ वर्षीय छमबहादुर मल्ल, नवलपरासीको बर्दघाट नगरपालिका–४ का २९ वर्षीय सुरेश थापा, आर्घाखाँचीको पाणिनी गाउँपालिका–८ का ३२ वर्षीय मोविन वली रहेका त्वातीले बताउनु भयो ।

उनीहरूले करिब ८ किलोग्रामको रातो (मृग) लुकाई छिपाई बुटवल लैजाँदै गरेका थिए। घटनाबारे थप अनुसन्धानका लागि उनीहरूलाई डिभिजन वन कार्यालय पाल्पामा बुझाइएको छ।