Share
  •   
  •  
  •  
  •  

पाल्पा, २७ असार ।

बगनासकाली गाउँपालिकाका किसानले कृषि औजार वितरण गरिएको छ । कृषि उपजको उत्पादनलाई वृद्धि गर्न र लागत घटाउनका लागि कृषकलाई अनुदानमा कृषि औजार वितरण गरेको बगनासकाली गाउँपालिकाले जनाएको छ । कृषकलाई परम्परागतखेती प्रणालीको विकल्पमा यान्त्रिकरण र आधुनिकीकरण गर्न अग्रसर बनाउने उद्देश्यले गाउँपालिकाले ५० प्रतिशत अनुदानमा कृषि औजार वितरण गरिएको बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालले बताउनुभयो ।

गाउँपालिकाले आफ्ना ९ वटै वडाका कृषकहरुलाई हाते ट्याक्टर, बेसार पिस्ने मेसिन, कम्वाईन मिल, मकै रोप्ने मेसिन, डिजिटल तराजु, घाँस काट्ने मेसिन लगायतका कृषि औजारहरु दिएको छ ।
गाउँपालिकाको कृषि शाखाले एक कार्यक्रम गरी यहाँका कृषकहरुलाई अनुदानमा कृषि औजार अध्यक्ष कृष्णप्रसाद बस्याल,उपाध्यक्ष सरस्वती चिदीले कृषकलाई हस्तान्तरण गर्नुभयो ।
कार्यक्रममा १ का वडा अध्यक्ष सोमबहादुर झेडी, ३ का वडा अध्यक्ष टीकाबहादुर थापा, ९ का वडा अध्यक्ष थानेश्वर तिमिल्सीना लगायतको उपस्थितीमा कृषि औजार वितरण गरिएको थियो ।

कृषि उद्यमशिलताको माध्यमबाट बगनासकालीलाई परिचित गराउने सपना साकार पार्ने गरी काम अगाडि बढेको कृषि शाखा प्रमुख राजेश बोहोराले बताउनुभयो । उहाँका अनुसार अहिलेसम्म ७० वटा हाते ट्याक्टर, ६९ वटा कम्वाईन मिल, १९ वटा डिजिटल तराजु, ग्राइन्डर, मकै रोप्ने मेसिन, स्प्रेयर, सिकेटर,करौती जस्ता कृषि औजारहरु अनुदानमा वितरण गरिसकिएको छ ।