Share
  •   
  •  
  •  
  •  

पाल्पा २७, असार ।
तिनाउँ गाउँपालिकामा गएको पहिरोमा परी ज्यान गुमाउनेको संख्या तीन पुगेको छ । बुधवार राती गएको पहिरोमा परि तीन जनाको ज्यान गएको हो । तिनाउ गाउपालिका ५ को गिट्टी खानीमा भएको पहिरोमा दुइजनाको घटना स्थलमै र एक जनाको उपचारको क्रममा लुम्बिनी मेडिकल कलेजमा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । पाल्पाको तिनाउँ गाउँपालकिा ५ गिट्टि खानी क्षेत्रमा पहिरोमा परि घाइते भएकी ७५ वर्षीय सुन्दरी गुरुङको उपचारका क्रममा मृत्यु भएको हो । पहिरोले पुरिएर गम्भीर घाइते भएकी गुरुङको शुक्रबार राती लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधकिारी तथा डिएसपी रामेश्वर त्वातीले जानकारी दिनुभयो ।

पहिरोमा परेर यस अघि ४५ वर्षीय वीरबहादुर गुरुङ र ४ बर्षीय आरोप परयिारको मृत्यु भइसकेको छ । उनीहरुको पहिरोले पुरिएको अवस्थामै शव फेला परेको हो । उक्त पहिरोले पाँच घर पुरिएको छ ।