Share
  •   
  •  
  •  
  •  

पाल्पा, २३ असार ।
पाल्पामा निषेधाज्ञा खुकुलो हुदै गएपनि कोरोना संक्रमणमा भने कमी आएको छैन् । पछिल्ला दिनमा पाल्पामा निषेधाज्ञा खुकुलो हुदै गएको छ तर कोरोना संक्रमण भने घटेको छैन् । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार पाल्पामा बुधवार ७० जना नयाँ सङ्क्रमित थपिएका छन् । ५३ जनाको पीसीआर गर्दा २४ जना सङ्क्रमित र ११३ जनाको एनटिजीन परीक्षण गर्दा ४६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताउनुभयो । बुधवार ३७ जना सङ्क्रमित हुँदा ३९ जना मात्र निको भएका छन् । पाल्पामा हालसम्म ५२९ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् । केही दिन यता पाल्पामा कोरोनाको सक्रिय सङ्क्रमित बढ्दै गएको पन्थीले बताउनुभयो ।

पाल्पामा केही दिनयता कोरोनाबाट निको हुनेभन्दा सङ्क्रमित हुने मानिसको सङ्ख्या बढ्दै गएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । पाल्पामा हालसम्म कोरोनाका कारण ११२ जनाको निधन भईसकेको छ । पाल्पामा गत बैषाख १७ गतेदेखी कोरोना संक्रमणका कारण निषेधाज्ञा सुरु भएको थियो । अहिले सबै सरकारी कार्यालयहरु, पसलहरु ३ वजेसम्म तथा नीजी सवारीसाधनहरु खुलेका छन् ।