Share
  •   
  •  
  •  
  •  

पाल्पा, २३ असार ।
पाल्पाको तिनाउ गाउँपालिका–५, चरचरेमा बुधवार विहान ट्रिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गतको चर्चरेमा टिपर दुर्घटना हुँदा टिपर चालक पुर्वखोला गाउँपालिका –५ बिरकोटका निवासी २६ वर्षीय सुदिप गैरेको मृत्यु भएको प्रहरीले जनाएको छ । चुनढुङ्गा बोकेको टिपर पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको थियो । लु २ ख ८२० नंम्वरको टिपर सिद्धार्थ राजमार्गमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।