Share
  •   
  •  
  •  
  •  

पाल्पा । २०, असार
विष्णु घिमिरे
रिब्दीकोट गाउपालिकामा दैनिक ३ हजार लिटर दुध संकलन हुने भएको छ । अहिले दैनिक १५ सय लिटर दुध संकलन हुदै आएकोमा अव ३ हजार लिटर पुरयाइने भएको हो । रिब्दीकोट कृषि तथा पशु उद्यमशिलता विकास परियोजनाबाट दुध उत्पादनका लागि लैनो भैसी, पाडी तथा घाँस र डेरी व्यवस्थापनका सामाग्रीहरु वितरण पछी दुधको उत्पादन बढ्ने भएको हो । भैरवस्थान कृषि बहुउद्देश्यिय सहकारी सस्थाका व्यवस्थापक यज्ञ प्रसाद ज्ञवालीका अनुसार रिब्दीकोटमा संचालित परियोजनाबाट दुधको उत्पादन र संकलन बढ्ने भएको हो ।
रिब्दीकोट गाउपालिका र हेफरको सहयोगमा ग्रामिण आर्थिक विकास संघ रेडाको समन्वयमा डेरी व्यवसाय सहयोग प्रवद्र्धन कार्यक्रम संचालन भएको छ । रिब्दीकोटमा ९ वटा दुध संकलन उपकेन्द्र र भैरवस्थानमा १ वटा संकलन केन्द्र रहेका छन् । उपकेन्द्रहरुबाट संकलित दुधलाई तानसेन वजार र स्थानीय वजारमा संकलन केन्द्रले वजारिकरण गर्दै आएको छ । रिब्दीकोटमा संकलित दुधलाई शुद्ध र स्वच्छ दुध विक्री तथा दुधको विविधिकरण गर्न लागिएको ग्रामिण आर्थिक विकास संघ रेडाका कार्यकारी निर्देशक लिला बहादुर कार्कीले बताउनुभयो । कार्कीका अनुसार रिब्दीकोटमा संकलित दुधलाई अव विविधिकरण गरिनेछ । उत्पादित दुधबाट दुधका परिकार बनाएर बेच्दा दुध विक्रीको समस्या समाधान हुने कार्की बताउनुहुन्छ ।
रिब्दीकोट गाउपालिकामा संचालित परियोजनाबाट किसानलाई लैनोभैसी, पाडी, वितरण गरिएको थियो, घाँस र डेरी व्यवस्थापनको लागि विभिन्न संकलन केन्द्रहरुलाई सामाग्री वितरण गरिएको थियो । कम्प्यूटर २ वटा, तौल मेसिन २ वटा, चिलिङ्ग भ्याट १, मिल्क क्यान ३१ वटा, डि फ्रिज १ वटा गरी २८ लाख बरावरको वितरण गरेको थियो । यी सामाग्रीहरुलाई उत्पादनमा शुद्धता, स्वच्छता कायम गर्दै विविधिकरणमा लैजान सहयोग पुग्ने बताइएको छ ।
दुध सबैका लागि बनाउन स्वच्छ र शुद्ध दुध उपलब्ध गराउदै स्वास्थ्य संग खेलवाड नगर्नका लागि यो कार्यक्रम अगाडी बढाइएको रिब्दीकोट गाउपालिकाका अध्यक्ष नारायण जिसीले बताउनुभयो । जिसीले दुधको मूल्य तोकिएर, मात्राको गुणस्तरको शुद्धता हुन पर्नेमा जोड दिदै दुधलाई विविधकरण र शुद्धतामा ध्यान दिने हो भने गाउपालिकाले सहयोग गर्ने उल्लेख गर्नुभयो ।
रिब्दीकोट गाउपालिकामा डेरी व्यवसाय सहयोग प्रवद्र्धन कार्यक्रम अन्र्तगत १० वटा दुध संकलन केन्द्रहरुलाई डेरी प्रर्वद्धन सामाग्रीहरु, किसानहरुलाई ७० वटा लैनो भैसी र पाडी सहयोग गरिएको छ । त्यसैगरी १ लाख सुपर नेपियर घाँस, २० हजार किम्बु, ५० हजार पासपालम घाँस वितरण गरिएको हो ।