Share
  •   
  •  
  •  
  •  

पाल्पा । १४, असार ।
पाल्पाको तिनाउ गाउपालिकाका कोभिड प्रभावितहरुलाई वेस नेपाल पाल्पाले खाद्यान्न सहयोग गरेको छ । कोरोना भाइरस कोभिड १९ बाट प्रभावित तिनाउका ३४ घर परिवारलाई खाद्यान्न सहयोग गरिएको वेस नेपालका कार्यक्रम प्रमुख शालिकराम पाण्डेले जानकारी दिनुभयो । कोरोना संक्रमणको दोश्रो लहरमा प्रभावित भएका गरीव घरपरिवारको लागि खाद्यान्न सहयोग गरिएको सस्थाले जनाएको छ । प्रति परिवारलाई चामल, दाल, तेल, नुन लगायतका सामाग्रीहरु सोमवार तिनाउ गाउपालिकामा हस्तान्तरण गरिएको छ । राहत सामाग्रीहरु तिनाउ गाउपालिकाले प्रभावितहरुलाई वितरण गर्ने जनाएको छ । राहत सामाग्री लिदै गाउपालिकाका अध्यक्ष ओम बहादुर घर्ती मगरले सस्थाबाट प्राप्त सामाग्री वडाहरुमा वितरण गरिने बताउनुभयो । बेस नेपालले आफ्नो कार्यक्षेत्र अन्र्तगत जिल्लाका निस्दी र तिनाउमा राहत सामाग्री वितरण हुने बताएको छ ।