Share
  •   
  •  
  •  
  •  

पाल्पा । १३ असार । ०७८ ।
कोभिड १९ का कारण भौतिक उपस्थितिमा पठनपाठन गर्न नसकेपछी पाल्पाको रिब्दीकोट गाउपालिकाले अनलाईन पठनपाठन सुरु गर्ने भएको छ । कोभिड १९ का कारण गरिएको निषेधाज्ञाका ले विद्यालयहरु बन्द भएपछी विद्यार्थीहरुको सिकाईलाई निरन्तरता दिन अनलाइन पठनपाठन गर्न लागिएको रिब्दीकोट गाउपालिका पाल्पाले जनाएको छ ।
विद्यार्थीहरुको सिकाईलाई निरन्तरता दिन शिक्षक महासंघ रिब्दीकोट र गाउपालिकाको छलफलबाट अनलाईन कक्षा संचालन गर्ने निर्णय भएको शिक्षा शाखा प्रमुख मणि प्रसाद खनालले बताउनुभयो । शिक्षक महासंघका प्रतिनिधी र गाउपालिकाका प्रतिनिधी विचको छलफलले असार १६ गते देखी अनलाईन –जुम)को सहायताबाट पठनपाठन गराउने निर्णय भएको शाखा प्रमुख खनालको भनाई छ । गाउपालिकाले एक सूचना जारी गर्दै आगामी असार १६ गते देखी पहिलो चरणमा जुमको माध्यमबाट पठनपाठन गराउने भएको छ । पहिलो चरणमा कक्षा ९ र १० का विद्यार्थीहरुलाई जुमबाट सिकाईमा निरन्तरता दिलाइने गाउपालिकाका अध्यक्ष नारायण जिसीले बताउनुभयो ।
जिसीका अनुसार विद्यालयहरुले रोष्टर शिक्षकहरु गर्ने र विद्यार्थीहरुलाई जुमबाट पढ्ने तरिका, आइडी तथा पासवर्ड उपलब्ध गराएर सिकाइलाई निरन्तरता दिने अध्यक्ष जिसीले बताउनुभयो । विषयगत शिक्षकहरु तथा विद्यार्थीहरुलाई १५ गते भित्र जुम आइडीको बारेमा सिकाउने तथा १६ गते बाट नियमित सिकाई गराउने गाउपालिकाले जनाएको छ । पहिलो चरणको सिकाईलाई एक हप्तामा मूल्याङ्कन गरी प्रतिवेदन गाउपालिकामा पेश गरिने र आवश्यक सुधार सहित पुन कक्षा संचालन हुने रिब्दीकोट गाउपालिकाका प्रमुख प्रशाशकीय अधिकृत प्रेमचन्द्र अर्यालले बताउनुभयो ।

अनलाईन पठनपाठनको समयतालिका हेर्नुहोस ।