Share
  •   
  •  
  •  
  •  

पाल्पा १० असार । ०७८ ।

रिब्दिकोट गाउँपालिकामा आगामी २०७७/७८ को लागि ४८ करोड ३९ लाख ९४ हजार बराबरको बजेट नवौं गाउँसभामा प्रस्तुत भएको छ । गाउँपालिका उपाध्यक्ष लक्ष्मी खनालले गाउँसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ४८ करोड ३९ लाख को वजेट नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।

चालु आर्थिक वर्ष २०७७।०७८ मा गाउँपालिकामा ३४ करोड ७८ लाख ८१ हजार ४ सय ८५ मात्र बजेट प्राप्त भएको बताउँदै उपाध्यक्ष लक्षमी खनालले कुल आम्दानी मध्ये हालसम्म २६ करोड ४५ लाख ७६ हजार ७३ रुपैया खर्च भएको बताउनुभयो । जुन बजेटको ४९% खर्च हो । चालु तर्फ जेष्ठ मसान्तसम्ममा ५६.७७ प्रतिशत र पुँजीगत खर्च तर्फ३९.६१ प्रतिशत रहेको छ ।

गाउँसभाको चालु अधिवेशनले बजेट तथा नीति कार्यक्रम पास गर्नेछ । गाउँसभामा विकासको मेरुदण्ड सडक भएकाले सडक नपुगेका ठाउँमा सडक विस्तार,स्तरउन्नती तथा कालोपत्रे गर्ने,पुलहरुको निमार्ण गर्ने, कृषि, तथा पशुपालनलाई आधुनिकिकरण गर्ने नीति लिइएको छ । यस्तै खानेपानी समस्या समाधानको लागि एक घर एक धाराको निर्माण र व्यवस्थापन गर्ने अध्यक्ष नारायण जिसीले बताउनुभयो । यस्तै सिंचाई, कृषि तथा पशुपालन, कोरोना रोकथाम, कोरोनाको खोप खरिद गर्ने,कृषि तथा पशुपालनलाई व्यवस्थित गरिने,अभिलेखिकरण लगायतका काम गर्ने समेत योजना रहेको अध्यक्ष जिसीले बताउनुभयो ।

गाउँपालिकाले शिक्षा,स्वास्थ्य,आयुर्वेद,कृषि,पशु,महिला विकास, नविकरणिय उर्जा, प्रधानमन्त्री रोजगार, झोलुंगे पुल र राष्ट्रिय परिचयपत्र तथा पंजिकरण कार्यक्रम, बहुक्षेत्रिय पोषण कार्यक्रम सँग सम्बन्धित तोकिएका कार्य सम्पादन गर्नका लागि अनुदान गाउँपालिकाले प्राप्त गर्ने अनुमान गरिएको छ । आगामी आर्थिक वर्ष २०७८।७९ का लागि आन्तरीक आम्दानी र राजश्व वाँडफाड घर जग्गा रजिष्ट्रेशन समेत गरी ५१ लाख ७३ हजार, जल विद्युत रोयल्टी तथा खानी रोयल्टी रु ८२ लाख ६८ हजार, हेफर प्रोजेक्ट नेपालबाट सहयोग रु १५ लाख र आ.व. ०७७।७८ को बचत हुने अनुमानित रकम रु.२ करोड ८२ लाख २७ हजार ५ सय ८७ रुपैँया र पैसा ४७ समेत गरी संघीय सरकार ,प्रदेश सरकार र राजश्व वाडफाड समेतको कुल जम्मा ४८ करोड ३९ लाख ९४ हजार बराबरको बजेट रहेको छ ।