Share
  •   
  •  
  •  
  •  

विष्णु घिमिरे
पाल्पा ९ असार । ०७८ ।
माथागढी गाउँपालिकाले आर्थिक वर्ष ०७८÷०७९ को लागि लागि ५५ करोड ८५ लाख ८८ हजार ४ सय ३४ बराबरको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको नवौं गाउँसभामा उपाध्यक्ष निर्मला भटराइले ५५ करोड बरावरको वजेट प्रस्तुत गर्नुभएको हो । उपाध्यक्ष भट्राईले सडक पूर्वाधार विकास, शिक्षा, कृषि तथा पशुपालन, खानेपानी, विद्युत र स्वास्थ्यलाई प्राथमिकतामा राखेर बजेट प्रस्तुत गर्नुभएको हो ।
माथागढीले विकासको मेरुदण्ड सडक भएकाले सडक नपुगेका ठाउँमा सडक विस्तार गर्ने नीति लिएको छ । गाउपालिकाका अध्यक्ष शन्तोष थापाका अनुसार माथागढीका ग्रामिण बस्तीहरुमा अझैपनि सडक विस्तार पूर्ण नभएकोले यो वर्ष पूर्ण गर्नका लागि पहिलो प्राथमिकतामा राखिएको छ । सडक विस्तार संगै स्तरउन्नती तथा कालोपत्रे गरिने गाउँसभामा प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख छ । त्यसैगरी पुलहरुको निमार्ण गर्ने, गाउपालिकाको प्रशासकिय भवनको निमार्ण गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
माथागढी गाउपालिकाले आगामी वर्षलाई कृषि, तथा पशुपालनलाई आधुनिकिकरण वर्षका रुपमा लिने उल्लेख गरेको छ । यस्तै खानेपानी समस्या समाधानको लागि एक घर एक धाराको निर्माण र व्यवस्थापन गर्ने अध्यक्ष सन्तोष थापा मगरले बताउनुभयो । यस्तै सिंचाई, कृषि तथा पशुपालन, कोरोना रोकथाम, कोरोनाको खोप खरिद गर्ने, कृषि तथा पशुपालनलाई व्यवस्थित गरिने, पालिकाको प्रशासकृय भवनको निमार्ण गर्ने, अभिलेखिकरण लगायतका काम गर्ने समेत योजना रहेको छ ।
नवौं गाउँसभाको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य वीरबहादुर रानाले योजना बनाउनुभन्दा कार्यान्वयन पक्ष बलियो नभए जनताले विकासको प्रत्याभूति गर्न नपाउने बताउनुभयो । नेपाली कांग्रेस जिल्ला सभापती समेत रहेका रानाले गाउँपालिकाको नीति कार्यक्रमले हरेक परिवार, हरेक नागरिकको अनुहारमा उज्यालो ल्याएको बताउँदै अझ सशक्त भएर जनताको सेवामा लाग्नुपर्ने धारणा राख्नुभयो ।
माथागढी गाउँपालिकाले पूजीगततर्फ २४ करोड १८ लाख ५४ हजार र चालुतर्फ ३१ करोड ६७ लाख ३४ हजार विनियोजन गरेको हो । गाउँपालिकाले संघीय सरकारबाट समानिकरण अनुदान १० करोड ७९ लाख, सशक्त अनुदान तर्फ २५ करोड १० लाख, समपुरक अनुदान तर्फ २ करोड ८ लाख, बिशेष अनुदान तर्फ १ करोड १६ लाख बजेट आगामी आवका लागि अनुमान गरिएको छ । यसै गरि लुम्बिनी प्रदेश सरकारबाट समानिकरण तर्फ ५० लाख ८ हजार,ससर्त अनुदान तर्फ १ करोड ४५ लाख ४४ हजार,समपुरक अनुदान तर्फ १ करोड ५० लाख विनियोजन भएको छ । सघीय राजस्व बाडफाडबाट ८ करोड २० हजार २३ हजार ,प्रदेश सरकारबाट ८७ लाख १३ हजार ४ सय ३३ र आन्तरिक स्त्रोतबाट ४ करोड १७ लाख र अन्य आयबाट ३ लाख विनियोजन भएको छ ।
त्यस्तै लुम्बिनी प्रदेश सरकारबाट समानिकरण तर्फ ५० लाख ८ हजार,ससर्त अनुदान तर्फ १ करोड ४५ लाख ४४ हजार,समपुरक अनुदान तर्फ १ करोड ५० लाख विनियोजन भएको छ । सघीय राजस्व बाडफाडबाट ८ करोड २० हजार २३ हजार ,प्रदेश सरकारबाट ८७ लाख १३ हजार ४ सय ३३ र आन्तरिक स्त्रोतबाट ४ करोड १७ लाख र अन्य आयबाट ३ लाख विनियोजन भएको छ । गाउँसभाको चालु अधिवेशनले बजेट तथा नीति कार्यक्रम पास गर्नेछ ।