Share
  •   
  •  
  •  
  •  

पाल्पा । ९ असार । ०७८
बगनासकाली गाउपालिकालाई मासु, दुध र तरकारीमा आत्मनिर्भर बनाइने भएको छ । बगनासकाली गाउँपालिका पाल्पाले आर्थिक वर्ष ०७८÷०७९ को लागि बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउपालिकालाई मासु, दुध र तरकारीमा आत्मनिर्भर बनाइने नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । बुधवार बगनासकालीको दशौं गाउँसभामा उपाध्यक्ष सरस्वती चिदीले ४६ करोड २६ लाख ३२ हजार वरावरको बजेट सहित नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी वर्षदेखी मासु, दुध र तरकारीमा आत्मनिर्भरको नीति अनुसार वजेट विनियोजन गरिएको बताउनुभयो ।
स्थानीयतहको निर्वाचन पछी बगनासकाली गाउपालिकाले कृषि र पशुपालनलाई जोड दिएर कार्यक्रम संचालन गरिरहेको छ । गाउपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालका अनुसार गाउपालिकामा ५ सय बढी साना ठूला कृषि उपज व्यवसायीहरु रहेका छन् । आगामी वर्षमा कृषि उत्पादनलाई बृद्धी गर्दै मासु, दुध र तरकारीमा आत्मनिर्भर बनाइने उल्लेख गर्नुभयो ।