Share
  •   
  •  
  •  
  •  

विष्णु घिमिरे
पाल्पा । ९ असार । ०७८
बगनासकाली गाउपालिका पाल्पाले दुध विक्री गर्ने किसानलाई ढुवानीमा अनुदान दिने भएको छ । बगनासकाली गाउँपालिका पाल्पाले आर्थिक वर्ष ०७८÷०७९ को लागि बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउपालिका भित्रका किसानले दुध विक्री गर्दा ढुवानीमा अनुदान दिने नीतिगत व्यवस्था गरेको हो । बुधवार बगनासकालीको दशौं गाउँसभामा उपाध्यक्ष सरस्वती चिदीले ४६ करोड २६ लाख ३२ हजार वरावरको बजेट सहित नीति तथा कार्यक्रम प्रस्तुत गर्दै दुध ढुवानी अनुदानको व्यवस्था गरिएको बताउनुभयो ।
आगामी आर्थिक वर्षदेखी किसानले सहकारी मार्फत दुध विक्री गर्दा सोझै किसानले नै दुध ढुवानी अनुदान प्राप्त गर्नेछन् । बगनासकाली गाउपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालका अनुसार किसानले दुधको उचित मूल्य प्राप्त गरुन भन्ने उद्येश्यले दुध ढुवानी अनुदान स्वरुप कृषकहरुलाई प्रोत्साहन गर्न खोजिएको बताउनुभयो ।

यो पनि पढ्नुहोस ।

बगनासकाली गाउँपालिकाको दशौं गाउँसभा, नीति तथा कार्यक्रम प्रस्तुत