Share
  •   
  •  
  •  
  •  

पाल्पा, ६ असार । ०७८ ।
सुमन कार्की
रिब्दीकोट गाउँपालिका–३ खस्यौलीका किसानलाई लैनो भैसी वितरण गरिएको छ। पाँचजना किसानलाई लैनो भैंसी र पाँचजनालाई पाडी गरि १०जना किसानलाई वितरण गरिएको हो । न्यूनआय भएका किसानहरुलाई आम्दानीको श्रोत बढाउने उद्येश्यले भैसी वितरण गरिएको नं।३ वडाका वडाध्यक्ष विष्णु प्रसाद खनालले जानकारी दिनु भयो।
न्यून आय भएका किसानहरुलार्ई हेफर नेपाल संगको पालिका स्तरिय कार्यक्रममा समूहमा आबध्द कृषकलाई मागको आधारमा मुर्रा र हरियाणा जातका भैंसी र पाडी वितरण गरिएको खनालले बताउनु भयो । वडाको ३० हजार रुपैयाँको अनुदानमा भैसी पाडा वितरण गरिएको हो।
किसानले यी भैंसी कम्तीमा तीन वर्ष आफ्नै गोठमा पाल्नु पर्ने छ। वितरण गरिएका भैसीले दैनिक कम्तीमा आठ लिटर दुध दिन्छ। भैसीपाडा पालन पोषण गर्न सकेको खण्डमा आर्थिक सम्वृद्धि हासिल गर्न सकीने किसानहरु वताउछन् ।