Share
  •   
  •  
  •  
  •  

दयाराज न्यौपाने
पाल्पा । ८ असार । ०७८ ।
सातौ अन्तरास्ट्रिय योग दिवसको अवसरमा सोमबार बगनासकाली गाउपालिकाको बराङ्दी आयुर्वेद औषधालयमा वृक्ष रोपण कार्यक्रम सम्पन्न भएको हो ।
बेद माध्यमिक बिधालय र औषधालायको हाता भित्र विभिन्न प्रजातिका १ सय बढी जडिबुटी बिरुवा रोपण गरिएको बराङ्दी आयुर्वेद औषधालयका प्रमुख सृजना केसिले जानकारी दिनु भयो । कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठनका पुर्व केन्द्रिय अध्यक्ष गणेश प्रसाद बश्यालले विगत र अहिलेको जीवन शैली फरक भएकाले पनि शरिरलाई आवश्यक व्यामको लागि योग आवश्यक रहेको बताउनु भयो । बेद माध्यमिक बिधालयका प्रधानाध्यापक ठानेस्वर भट्टराई ,यज्ञ प्रसाद बश्याल , मोतीलाल बश्याल लगएतले सकारात्मक सोचको विकास संगै मानसिक र शारिरिक स्वास्थ्यका लागि योग महत्त्वपूर्ण रहेको बताउनु भयो ।

योग वैदिक चिकित्सा पद्धति भएकाले अथर्ववेदमा ‘योगश्चित्तवृत्ति निरोधः’ अर्थात् मनमा आउने विभिन्न विषयलाई रोक्ने अभ्यास गर्नु नै योग हो भनिएको छ । इसापूर्व १६०० मा रचना गरिएको आयुर्वेदिक ग्रन्थ चरकसंहितामा मनलाई जित्ने सत्वावजय चिकित्सा पद्धतिको विकास हिमालय क्षेत्रको वनमा ऋषिमुनिले योग, ध्यान साधना र तपस्याद्वारा गरेको उल्लेख छ । असार ७ अर्थात् जुन २१ गतेलाई अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिन्छ।