Share
  •   
  •  
  •  
  •  

पाल्पा । ८, असार ०७८ ।
दयाराज न्यौपाने ।
नेपाल स्काउटले कोरोना संक्रमणको दोस्रो लहर रोकथामका लागी सचेतना मूलक कार्यक्रम गरिरहेको छ । चीनको वुहानबाट एकाएक विश्वभर महामारीको रूपमा फैलिएको नोवेल कोरोना भाइरसको दोश्रो लहरको सचेतना र रोकथाम लागि नेपाल स्काउटले पाल्पा तानसेनको मुख्य मुख्य चोक एवं व्यस्त बजारमा सचेतना कार्यक्रम संचालन गरेको छ ।

तानसेन नगरपालिकाका मेयर अशोक कुमार शाहीले तानसेनको बसपार्कमा कोभिड नियन्त्रण तथा रोकथाम सहायता कक्षको सुभारम्भ गदै स्काउटको सामाजिक कार्यमा बेग्लै र अर्थपूर्ण भुमिका रहेको बताउदै स्वयसेवी भावनाको कदर गर्नु पर्ने बताए । उनले महामारीका बेला सचेतना जगाउदै स्वास्थ्य सामाग्री बितरण गर्नु स्रहानिय कार्य भएको बताउनुभयो ।
बजारका भिडभाड स्थानमा पुगि मास्क सेनिटाईजर बितरण गरिएको आज मात्रै पाँच सय बढी मास्क नलगाने बटुवाहरुलाई मास्क बितरण गरिएको तानसेन नगरपालिकाका संयोजक माधव खनालले जानकारी दिनुभयो। अभियान १२ गते संचालन हुनेछ । ।

नेपाल स्काउट माथागढी गाउँपालिकाका संयोजक शोभा भट्टराइले महामारी जस्ता सबैखाले विपतका बेला स्काउट सदैव अग्रपंक्तिमा रहन तयार रहेको बताउनुभयो। बगनासकाली गाउँपालिकाका संयोजक दयाराज न्यौपानले नेपाल स्काउटले बिद्यालयमा स्काउट पूयाउने अभियानलाई आत्म साथ गदै पाल्पाका बिभिन्न बिद्यालयमा युवा तथा बालबालिकाहरुलाई जिवन उपयोगी शिक्षा प्रदान गदै स्थानिय स्काउटको बिकास र बिस्तारकालागि नेपाल स्काउटका स्वीकृति नीति योजना र कार्यक्रम सफल बनाउन लागि पर्ने बताउनुभयो ।

स्काउटका अनुसार कोरोना संक्रमणबाट बन्च ३ वटा उपाय अवलम्बन गर्न आग्रह गरेको हो । दुरि कायम गर्ने, मास्कको उचित प्रयोग र हातको सरसफाई गर्नाले कोरोनाको महामारीबाट केही हदसम्म बच्न सकिने नेपाल स्काउटका प्रदेश सदस्य जिवन आचार्यले बताउनुभयो । अन्य सामाजिक गतिबीधि संचालन गर्ने पाल्पाका १० बटै पालिकाहरुसंग संवाद चलिरहेको आचार्यले जानकारी दिनुभयो।