Share
  •   
  •  
  •  
  •  

पाल्पा । ६, असार ।
बगनासकाली पत्रकार समूह पाल्पाले जिल्लामा क्रियाशिल पत्रकार तथा संचारकर्मीहरुलाई कोभिड १९ को सुरक्षा सामाग्रीहरु वितरण गरेको छ । आइतवार बगनासकाली गाउपालिकामा जिल्लाका ५० जना संचारकर्मी र पत्रकार महासंघ पाल्पालाई सुरक्षा सामाग्री वितरण गरेको हो । बगनासकाली पत्रकार समूहका सचिव विष्णु घिमिरेका अनुसार नेपाल पत्रकार महासंघ पाल्पालाई १० वटा पल्स अक्सिमिटर, २० प्याकेट माक्स र सेनिटाइजर वितरण गरिएको थियो । त्यसैगरी अन्य ५० जना संचारकर्मीहरुलाई १/१ वटा पल्सअक्सिमिटर, २/२ प्याकेट माक्स र सेनिटाइजर वितरण गरिएको थियो ।
संचारकर्मीहरुलाई सुरक्षा सामाग्रीहरु वितरण गर्दै बगनासकाली गाउपालिका पाल्पाका अध्यक्ष कृष्ण प्रसाद बस्यालले कोभिड १९ को संक्रमणमा फ्रन्टलाइनमा रहेर जनतालाई सूचना पुरयाउन खटिने पत्रकारहरुको सुरक्षाका लागि सहयोग गरिएको बताउनुभयो । वितरण कार्यक्रम सस्थाका अध्यक्ष दिपक ढुङ्गानाको अध्यक्षतामा भएको थियो ।