Share
  •   
  •  
  •  
  •  

पाल्पा, ५ असार । ०७८
पाल्पामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नं ३ हिरापोखराकी ३४ वर्षीया नीरा विकको बुफर चार्ज गर्दा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । आफ्नै घरमा गीत बजाउनको लागी बुफर चार्ज गर्ने क्रममा शनिबार बिहान घाईते भएकी विकको तानसेनस्थित मिसन अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरीे कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।