Share
  •   
  •  
  •  
  •  

पाल्पा । २ असार । ०७८
तीन दिनदेखी परिहेको अविरल वर्षासँगै खसेको पहिरोले सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्डको ५० मिटर सडकको बेस बगाएको छ । सिद्धार्थ राजमार्ग अन्र्तगत तानसेन नगरपालिका–८, गौडेपुल नजिकै झण्डै ५० मिटर सडक बगाएको हो ।

डुम्रे खोलामा पानीको बहाव बढेको र माथिबाट खसेको पहिरोले राजमार्गको सडक जगैबाट बगाएको छ । सडक बगाएको क्षेत्र गत वर्ष पहिरो खसेको क्षेत्र हो । मंगलबार दिउँसो खोला बढ्दै गएपछि तल्लो भागबाट कटान सुरु गरेको र माथिबाट पहिरो खसेपछि राजमार्ग नै बगाएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।
सिद्धार्थ राजमार्ग मंगलबार बेलुकीदेखि नै अवरुद्ध भएको छ । सडकमा वर्षा नरोकिएकाले सडक डिभिजनले ठूला उपकरण लगाएर काम गर्न सकेको छैन । मंगलबारदेखि राजमार्ग अवरुद्ध हुँदा मालवाहक सवारी साधनका चालक र यात्रु भने अलपत्र छन् ।