Share
  •   
  •  
  •  
  •  

विष्णु घिमिरे
पाल्पा । ३१ जेठ । ०७८
बुवाको निधनपछी परिवार पाल्न विदेश गएका शंकरलाई कोरोना संक्रमण वढेपछी भने त्यो अवसर गुम्यो । नेपालमै केह ीगर्न पाए हुन्थ्यो भन्ने सोचेका शंकरले अहिले बगनासकाली गाउपालिकाको सहयोगमा मौरी पालन गर्नुभएको छ ।
बगनासकाली गाउपालिका वडा नं. ८ बराङ्गदीको घिउसीवासका २५ वर्षिय शंकर भट्राई, ८२ घार मौरी पालन गर्नुभएको छ । घरवरिपरी, ढिक, कांन्ला देखी वारीभरी मौरीघार छन् । विहान उठेदेखी नसुतुन्जेलसम्म मौरीकै स्याहार सुसारमा समय विताउने शंकरले अव विदेश नजाने बताउनुहुन्छ । प्लस टू अध्ययनपछी वुवा वित्ुभयो । भारतमा गई काम गरेर परिवारको गुजारा चलाउनुभएका वुवाको निधनले परिवार चलाउन हम्मे हम्मे भयो । लगत्तै ऋणधन गरी विदेश गएका शंकर गत वर्ष नेपाल आएपछी भने विदेश जान पाउनुभएन । बाध्यताले विदेश होमिएका शंकरलाई आफ्नै गाउँमा केह ीगर्न मन लाग्यो । आफु सानो छदा देखी नै घरमा ५, ७ घार मौरी हुन्थे । एकदिन शंकरलाई यहि मौरीलाई व्यवसायिक बनाउछु भन्ने लाग्यो ।
बगनासकाली गाउपालिकाले मौरी पकेट कार्यक्रम ल्यायो, आफु जस्तै मौरी पालनमा रुची राख्नेहरुको समूह बनाए, गाउपालिकामा कार्यक्रम माग गरे । अहिले गाउपालिकाको १२ लाख र समूहको १२ लाख गरी २४ लाखको लगानीमा समूहका तिन जनाले व्यवसायिक मौरी पालन गर्न थालेका छन् ।
शंकर जस्तै बगनासकाली ८ बराङ्गदी वेलौतीखर्कका हुमराज बस्याल बस्याल पनि विदेशबाट फर्किएर मौरीमा रमाउन थालेका छन् । २९ वर्षिय हुमराज कोरिया जानुभयो । ५ वर्षका लागि गएपनि विरामी भएर नेपाल आउदा, कोरोनाका कारण लकडाउन भयो । फेरी जान पाउनुभएन । शंकर संगै मिलेर उहापनि व्यवसायिक मौरीपालन गर्न थाल्नुभयो । हुमराजले अहिले ८६ घारमौरी राख्नुभएको छ । घरको आँगन, वरण्डा, छत देखी वारी वारीमा जता हेरयो उतै मौरी घार छन् । विदेशमा गएर कमाउने पैसा स्वदेशमै कमाउन सकिन्छ भन्ने हुमराज अहिले मौरीबाट संतुष्ट हुनुहुन्छ ।
बगनासकाली गाउपालिकाको वडा नं. ८ बराङ्गदीको नजिकै छिमेकमा अर्को टोल छ, वडा नं. ९ चापपानीको लिधिनडाडा । विदेशबाट फर्केपछी २०६० सालदेखी नेपालमै कृषिमा रमाउनुभएका ओम बहादुर सारुपनि मौरीपालनमा रमाउनुभएको छ । घिउसीवास मिश्रित कृषक समूहमा आवद्ध ओम बहादुर सारुले अहिले १ सय २० घार मौरी पालन गर्दै आउनुभएको छ ।
शंकर, हुमराज, ओम लगायत २५ जनाले घिउसीवास मिश्रित कृषक समूह गठन गरेका छन् । समूहका ३ जना युवाहरुले ३ सय घार मौरी पालेका छन् । उनीहरुले मौरी पालन सुरु गरेको ३ महिना मात्रै भएको छ । यो अवधीमा शंकरले ३६ घारबाट ५५ किलो मह निकालेका छन् । हुमराजले ५० किलो र ओम बहादुरले १ सय किलो मह निकालेका छन् । शेरेना जातको मौरी पालन गरेका ३ युवाहरुले १ वर्षमा ४० लाख वढीको कारोवार हुने बताउनछन् । राम्रो हेरचाह भएको मौरीबाट एक वर्षमा ३ पटक सम्म मह निकाल्न सकिन्छ । अहिले १ किलो महलाई १२ सय रुपैयामा विक्दै आएको छ ।
नेपालमा रोजगारीको अभावले लाखौं युवाहरु विदेश गएका छन् । दैनिक १२ घण्टा वढी कडा परिश्रम गरी घरखर्च चलाएका छन् । विदेश जानबाट रोक्न र स्वदेशमै रोजगारी सृजना गराउन बगनासकाली गाउपालिकाले स्थानीय तहको निर्वाचन लगत्तैदेखी प्रयास गरिरहेको छ । कृषि, पशुपालन र लघुउद्यममा जोड दिएको गाउपालिकाले शैक्षिक प्रमाणपत्र धितो देखी, स्वरोजगार तालिम र व्यवसायिक कर्जा कार्यक्रम समेत चलाएको छ । वडा वडाबाट युवाहरुलाई स्वदेशमै टिकाउन सकिन्छ कि भनेर जनप्रतिनिधिहरु लागेको बगनासकाली ८ नंं वडाका अध्यक्ष गणेश प्रसाद बस्यालको भनाई छ ।
जिल्ला सदरमुकाम तानसेन देखी ७ किलोमिटर उत्तरमा रहेको गाउपालिकाकै सभैभन्दा सानो वडा हो । वडा नं. ८ बराङ्गदी । बराङ्गदी भन्ने वित्तिकै यहाको मौरी र कुरिलो खेतीको नाम आउने गर्दछ । बराङ्गदीले जिल्लामा मात्र नभई नेपालमै मौरी र कुरिलोखेतिमा आफुलाई चिनाएको छ । यसै आर्थिक वर्षदेखी बगनासकाली गाउपालिका पाल्पाले बराङ्गदीलाई मौरी पकेट क्षेत्र बनाउन थप मलजल गरेपछी अव यो क्षेत्र मह उत्पादनको लागि पनि चिनिने भएको हो । गाउपालिकाका कृषि शाखा प्रमुख राजेश बोहोराले बगनासकाली गाउपालिकाले आफ्नो उत्पादन चिनाउन मह उत्पादनलाई जोड दिएको बताउनुभएको छ । बगनासकालीको मह परिचित गराउन मौरी पकेट कार्यक्रम संचालन गरेको प्रमुख बोहोराको भनाई छ ।
पाल्पा जिल्लाको उत्तर, दक्षिण भूभाग ओगटेको बगनासकालीमा गाउपालिकामा कृषि र पशुपालन व्यवसाय फस्टाउदै जान थालेको छ । परम्परागत रुपमा गरिदै आएको कृषि र पशुपालन अहिले व्यवसायिक रुपमा अगाडी बढ्न थालेको छ ।
यहाँ बाख्रा, भैसी, गाई, मौरी पालन, कुरिलो खेती व्यवसायिक बनेका छन् । त्यसैगरी व्यवसायिक तरकारी उत्पादन, विउ उत्पादन लगायत कृषिका क्षेत्रमा अनगिन्ती प्रयासहरु भएका छन् ।
बगनासकाली गाउपालिका पाल्पाले स्थानीय तहको निर्वाचन पछाडी कृषि र पशुपालनलाई व्यवसायिक बनाउने रणनीति अनुसार काम गरिरहेको गाउपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्याल बताउनुहुन्छ । गाउपालिकाका ९ वटा वडाहरुमा कहि कृषि त कहि पशुपालनलाई पकेट क्षेत्रको रुपमा अगाडी बढाइएको अध्यक्ष बस्यालको भनाई छ ।
नेपाल कृषि प्रधान देश हो । तर व्यवसायिक कृषिमा अझैपनि पछाडी परेको छ । पछिल्ला समयमा केन्द्र देखी स्थानीय तहसम्मै कृषि र पशुपालनलाई जोड दिएर गरिएका कार्यक्रमहरुले भने कृषि क्षेत्रलाई केही हदसम्म उकासिन सजिलो वनेको छ । स्थानीय सरकारले कृषिको व्यवसायिकिकरणको साथसाथै वजारिकरणमा पनि ध्यान दिन जरुरी देखिन्छ ।