Share
  •   
  •  
  •  
  •  

पाल्पा । ३१ जेठ । ०७८
कोरोनाका कारण भएको निषेधाज्ञा पाल्पामा असार १२ गते सम्मलाई थप भएको छ । गत बैशाख १७ देखी जारी निषेधाज्ञा पुनः २ साताका लागि थप भएको हो । जिल्ला कोभिड व्यवस्थापन समितिको निर्णयानुसार असार १२ सम्मलाई निषेधाज्ञा थप भएको हो । निषेधाज्ञाको अवधीमा खाद्यान्न, तरकारी, मासु, दूग्ध पसलहरु विहान ११ वजेसम्म खोल्न दिने निर्णय भएको छ । यस अघी विहान १० वजे सम्ममात्र खुलेका थिए । त्यसै गरी वैंक तथा वित्तिय सस्थाहरु पनि विहान ११ वजे सम्म खुल्ने भएका छन् । नयाँ शैक्षिकसत्रको सुरुवात भएकोले पुस्तक पसलहरु विहान ११ वजे सम्म खुल्ने भएका छन् ।