Share
  •   
  •  
  •  
  •  

पाल्पा । २७ जेठ । ०७८
तिनाउ गाउँपालिकाका किसानलाई भैँसीको पाडापाडी वितरण गरिएको छ । मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमअन्तर्गत उनीहरूलाई पाडापाडी वितरण गरिएको तिनाउ गाउपालिकाले जनाएको छ । मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमबाट ८० प्रतिशत अनुदानमा भैसीका पाडा वितरण गरिएको गाउपालिकाका प्रवत्ता राजेश श्रेष्ठले बताउनुभयो । प्रवत्ता श्रेष्ठका अनुसार वडा नं.को मिलिजुली टोलविकास संस्थाका २० जना किसानलाई पाडा वितरण गरिएको छ । त्यस्तै झ्याङ्ला र बगाहाका ३२ जना किसानलाई पाडी वितरण गरिएको हो । गाउँपालिकाका प्रवक्ता राजेश श्रेष्ठका अनुसार मुख्यमन्त्री कार्यक्रमको करिब ४२ लाख बजेटबाट खरिद गरेर वितरण गरिएको हो ।