Share
  •   
  •  
  •  
  •  

पाल्पा । २६, जेठ । ०७८
ग्लोबल आईएमई लघुबित्त वित्तीय संस्था लिमिटेडको पाल्पा स्थित तानसेन शाखा कार्यालयले तानसेन नगरपालिकाको कोरोना नियन्त्रण कोष लाई रु. २५ हजार बराबरको अर्थिक सहयोग प्रदान गरेको छ । सस्थाले तानसेन नगरपालिकालाई सहयोग रकम चेक मार्फत हस्तान्तरण गरेको हो । चेक हस्तान्तरण कार्यक्रममा वित्तीय संस्थाका अनुगमन अधिकृत दिवाकर पन्तले तानसेन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पिताम्बर पाण्डेलाई २५ हजार को चेक हस्तान्तरण गर्नु भयो । तानसेन नगरपालिकाले कोरोना संक्रमण रोकथाम र व्यवस्थापनमा थप सहयोगको लागि सस्थाले रकम सहयोग गरेको जनाएको छ । सस्थाका अनुगमन अधिकृत दिवाकर पन्तले मुलुकनै कोरोनाबाट जुधिरहेको वेलामा तानसेन नगर भित्रका नागरिकलाई कोरोनाबाट बचाउन मद्यत पुग्ने उदेश्यले सामाजिक उत्तरदायित्व वहन गरिएको बताउनुभयो । तानसेन नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत पिताम्बर पाण्डेले तानसेन नगरपालिकाले कोरोना अस्पताल संचालन गरिएको, कोरोना परीक्षणको दायरा बढाइएको, होम आइसोलेसनमा बस्नेहरुलाई उच्च निगरानीमा राखिएको बताउदै, कोरोना महामारी परास्त गर्न विभिन्न सामाजिक संघसस्थाहरुको सहयोग महत्वपूर्ण रहेको बताउनुभयो ।
ग्लोबल आईएमई लघुबित्त वित्तीय संस्था तानसेन शाखा कार्यालयले आफ्ना सदस्य तथा अन्य स्थानीय ब्यक्तीहरुलाई अनलाईन कोभिड फर्म भर्नका लागि पनि सहजिकरण गरेको र हालसम्म ५ सय जना सदस्य तथा स्थानीय ब्यक्तीहरुलाई अनलाईन कोभिड फर्म भर्नका लागि सहजिकरण गरिसकिएको जनाएको छ ।