Share
  •   
  •  
  •  
  •  

पाल्पा । २६ जेठ । ०७८
विष्णु घिमिरे/सुनिल कार्की
रम्भा गाउँपालिका पाल्पाले कृषि एम्बुलेन्स सेवा सुरु गरेको छ । रम्भामा उत्पादन भएका कृषि उपजको बजारिकरणको लागि कृषि एम्बुलेन्स सञ्चालनमा ल्याईएको हो ।
ख्याति कमाएको रम्भाको लिचीको प्रर्वद्धन र स्थानिय उत्पादनको विक्री गरि किसानको मेहेनत प्रतिको सम्मानको लागि कृषि एम्बुलेन्स सञ्चालनमा ल्याइएको रम्भा गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिनुभयो । किसानले उत्पादन गरेको उपज सोझै उपभोत्ता संग पुरयाउन कृषि एम्बुलेन्स सेवा सुरु गरिएको भण्डारीको भनाई छ । “हामीले एक हप्ता दिन अघिबाट नै कृषि एम्बुलेन्स सञ्चालन गर्ने तयारी गरेका थियौं, करिडोरमा ठाउँठाउँमा गएको पहिरोले केही दिन ढिला हुन गएको हो ।” अध्यक्ष भण्डारीले भन्नुभयो, सामाजिक सञ्जालमा रम्भाको लिची बिकेन भनेर हल्ला आए जस्तो यर्थाथमा छैन्, हुँगीबासीको लिची घरघरबाटै बिक्रि भएको छ ।”
रम्भाबासी विशेष गरि हुँगी, अर्सेदी क्षेत्रमा बढी उत्पादन हुने लिचिको उचित मुल्य सहितको बजारीकरणमा कुनै समस्या नभएको भन्दै लिची कसको कुन घरको बिक्रि नभएको हो हामीलाई जानकारी गराउन गाउँपालिका अध्यक्ष भण्डारीले बताउनुभयो । किसानले वर्ष भरी मेहेनत स्याहार सुसार गरि जोगाएर फालाएको लिचिको प्रर्वद्धनमा गाउँपालिका संवेदनशिल रहेको भन्दै लिचिको निर्धक्क राम्रो मुल्य सहित बिक्रि गर्ने ग्यारेन्टी गाउँपालिकाले लिने भन्दै चिन्ता नलिन अध्यक्ष भण्डारीले सम्पुर्ण रम्भाबासीलाई आग्रह गर्नुभएको छ ।

रम्भा गाउँपालिका वडा नं १ अर्सेदीमा एक कार्यक्रमको आयोजना गरि सुरु गरिएको कृषि एम्बुलेन्स कार्यक्रममा पालिकाको विभिन्न बजार क्षेत्रमा लगेर किसनाको उत्पादनलाई विक्रि गर्ने लक्ष्य पालिकाले लिएको छ । हेफर इन्टरनेश्नल र उपहार सामाजिक उद्यमी महिला सहकारी संस्था लि.को सहकार्यमा कृषि एम्बुलेन्स कार्यक्रम सुरु गरिएको हो । कृषि एम्बुलेन्स मार्फत बेसीको उत्पादन लेकमा र लेकको उत्पादन बेसीमा ल्याएर बजार सन्तुलन कायम गर्ने लक्ष्य अनुरुप रम्भाको हुँगी, फोकसिङ्गकोट, ताहुँ, पिपलडाँडा, अगाहाखोला लगायतको स्थानिय बजारमा कृषि एम्बुलेन्सले कृषि उपज पु्याउने छ ।
निषेधाज्ञा बाहेकको समयमा उत्पादको बिक्रिको लागि छिमेकी जिल्लाको मालुङ्गगा, गल्याङ्ग लगायतको बजारमा डोकोमा बोकेर लैजानुपर्ने बाध्यता रहेकोमा निषेधाज्ञाको समयमा कृषि एम्बुलेन्स सुरु हुँदा घरघरबाटै उत्पादनले बजार पाउँदा राहात मिलेको कृषकहरुले बताएका छन् ।