Share
  •   
  •  
  •  
  •  

विष्णु घिमिरे
पाल्पा । २६ जेठ । ०७८
पाल्पा आयुर्वेद स्वास्थ्य केन्द्रले कोरोना संक्रमितहरुलाई रोग प्रतिरोधात्मक औषधीहरु वितरण गरेको छ । कोरोना संक्रमित भई अस्पतालमा रहेका तथा होम आइसोलेसनमा रहेका विरामीहरुलाई रोग संग लड्न सक्नेखालका औषधीहरु वितरण गरेको जनाएको छ ।
आर्युेवेद केन्द्रले अस्पतालहरुमा रहेका अक्सिजन लगाउन नपर्ने खालका विरामी र होम आइसोलेसनमा रहेर कोरोना संग लडिरहेका विरामीहरुको लागि औषधीहरु वितरण गरेको हो । आर्युेवेद केन्द्रका निमित्त प्रमुख माधव बस्यालका अनुसार कोरोनाका विरामीहरुको लागि अशोगन्धा, गुरुजी, त्रिकटु, सूठो लगायतका रोगप्रतिरोधात्मक शक्ति बढाउने आर्युेवेदिक औषधीहरु वितरण गरेको हो । केन्द्रले विभागको कार्यक्रम अनुसार पाल्पा जिल्लाका तिनाउ, रैनादेवी, र रम्भा गाउपालिकाहरुमा कोरोना संक्रमितहरुको घरघरमै पुगेर औषधीहरु वितरण गरेको जनाएको छ । निमित्त प्रमुख बस्यालका अनुसार तानसेनमा केन्द्रको कार्यालय भएकोले तानसेनका स्थानीयहरु कार्यालयमै आउने गरेको र निस्दीमा भोलीदेखी सुरु गरिने जानकारी दिनुभयो ।
सम्बन्धित स्थानीयतहहरुमा रहेका आर्युेवेद स्वास्थ्य केन्द्रका कर्मचारीहरु घरघरमा पुगेर कोरोना संक्रमितहरुलाई औषधी वितरण गरेका छन् । “हामीले स्थानीय तहमै रहेका हाम्रा कर्मचारीहरु तथा कतिपय ठाउँमा हामै आफै गएर पनि वितरण गरेका छौं । ” निमित्त प्रमुख बस्यालले भन्नुभयो, “कोरोना संक्रमितहरुलाई औषधीहरुको साथसाथै, योग, व्यायाम र प्रणायामहरु पनि सिकाउने गरेका छौं । ” कोरोना संक्रमण भएपछी रोग संग लड्न सक्ने शक्तिको अभाव हुने भएकोले शक्ति बढाउने औषधीहरु वितरण गरेको हो । कतिपय विरामीहरुले शक्ति बढाउन भन्दै अनावश्यक एन्टिबायोटिक तथा जडिवुटीहरु खानाले पनि झन समस्या आउने गरेको बताउदै बस्यालले भन्नुभयो ”जथाभावी औषधीहरुको सेवन गर्नुहुदैन भन्ने जानकारीका लागि पनि घरदैलो गरेका हौं । ” हाम्रा कर्मचारीहरुले संक्रमित विरामीहरुलाई के खान हुन्छ, के हुदैन भनेर सिकाउछन्, प्राणायाम गर्न सिकाउछन् ।”
चिनको वुहानबाट फैलिएको कोरोना भाइरसले अहिले संसारभर महामारीको रुप लिएको छ । विश्व स्वास्थ्य संगठनले घरेलु तथा परम्परागत विधी पनि प्रयोग गर्न सकिने बताएसंगै नेपालभर आर्युेवेद केन्द्रहरुले कोरोना संक्रमितहरुको लागि जारी प्रोटोकोल अनुसार औषधीहरु वितरण गरेका हुन् ।