Share
  •   
  •  
  •  
  •  

पाल्पा । २५ जेठ । ०७८
चिच्याएर बर माग्ने गरिएको सत्यवती बज्यैको मन्दिर पुग्न केबलकार स्थापना हुने भएको छ । पाल्पा जिल्लाको तिनाउँ गाउँपालिकामा रहेको मन्दिरमा मेलाको समयमा पुग्नकै लागि झण्डै तीन घण्टा पैदलयात्रा जानुपर्ने बाध्यता छ । सत्यवती ताल मन्दिर र त्यस क्षेत्रको प्रचार प्रसार र पर्यटन प्रवर्धन उदेश्यले केबुलकारको स्थापना गरिन लागेको हो ।
सत्यवती दर्शन प्रा।लीको १सय १० करोडको लगानीमा तिनाउ गाउपालिकाको चौबिस माइल देखि मन्दिर नजिक १ हजार ३ सय ५० मिटर लम्बाइको केबुलकार बन्ने संचालक डिल्लीराज बस्यालले बताउनुभयो। कोभिड संक्रमणको अवस्था सामान्य भए पछि १८ महिनाको अवधिमा निर्माण कार्य पुरा गरिने र त्यसका लागि आवश्यक पुर्वाधारको निर्माण कार्य अगाडि बढाएको संचालक बस्यालले जानकारी दिनुभयो । फरक बिषेशता भएको नेपालको एक मात्र धार्मिक क्षेत्रमा पर्यटन प्रवर्धन गर्ने उदेश्यले केबुलकारको निर्माण संगै सत्यवती बज्यैको मन्दिर र बाजेको मन्दिर निर्माण हुने संचालक बस्यालले बताउनुभयो । मन्दिर निर्माण कार्यका लागि नेपाल सरकारले डि ।पि ।आर तयार गरिसकेको छ ।
फरक विषेशता भएको यस मन्दिरमा कार्तिक महिनाको पुर्णिमामा विषेश पूजा हुने र यस मन्दिरमा चिच्याएर वर मागे पुरा हुने धार्मिक जन विश्वास रहेको छ । मन्दिरमा दर्शनका लागि घण्टौ सम्मको पैदल यात्रा बाट स्वदेशी तथा भारतिय भक्तजनहरु आउने गरेको स्थानिय बासिन्दा तथा वडा अध्यक्ष दान बहादुर गाहाले बताउनुभयो । धार्मिक दृष्टिकोण बाट महत्व ठानिएको सत्यवती वातावरणिय हिसाबले पनि महत्व बोकेको स्थानमा केबुलकारको स्थापनाको कारण यस क्षेत्रको पर्यटन बिकासमा ठुलो सहयोग पुग्ने उहाले जानकारी दिनुभयो।
सांस्कृतिक रुपमा समेत उत्तिकै महत्व रहेको यस क्षेत्रमा भारतको उत्तरप्रदेश र विहार बाट समेत धार्मिक आस्थाका कारण अन्य समयमा समेत भक्तजनहरु आउने गर्दछन् । पछिल्लो समयमा सडकको स्तर उन्नति भए पछि सहज भए पनि केबुलकार संचालनमा आए पछि भारतिय पर्यटकहरुको उल्लेखिय रुपमा वृद्धी हुने गाउपालिका का अध्यक्ष ओम बहादुर घर्तीले बताउनुभयो ।
केबुलकार सगै पर्यटकलाई लक्षित गरी खाजा घर अथिती गृहको निर्माण गरिने निर्माण कम्पनीले जनाएको छ । सिद्धार्थ राजमार्गको चौबिस माइल , झुम्साबाट सडकले जोडिएको यस क्षेत्र अग्लो ठाउ भए पनि सिमसार क्षेत्र भएकाले पृथक विषेशता भएको यस क्षेत्रमा पर्यटन बिकासमा सहयोग पुग्ने र धार्मिक महत्व भएकाले प्रचार प्रसारको कमिका कारण अपेक्षाकृत रुपमा बिकास हुन सकेको थिएन । केबुलकारका कारण यस क्षेत्रको बिकासमा थप सहयोग पुग्ने स्थानियहरुको भनाई रहेको छ ।

-सेरोफेरो न्यूजबाट