Share
  •   
  •  
  •  
  •  
विष्णु घिमिरे पाल्पा । २४ जेठ । ०७८ हेफर ईन्टरनेशनल नेपालले पाल्पा जिल्लाका ६ वटा स्थानीय तहहरुलाई कोभिड आपतकालिन सहयोग रकम हस्तान्तरण गरेको छ । जिल्लाका तिनाउ, रिब्दीकोट, रैनादेवी छहरा, माथागढी, रम्भा गाउपालिका र तानसेन नगरपालिकालाई कोभिड आपतकालिन सहयोग अन्र्तगत ९९ लाख ५० हजार रकम हस्तान्तरण गरेको हो । सोमवार तानसेन नगरपालिकामा आयोजित एक कार्यक्रमका विच स्थानीय तहहरुका प्रमुखहरुलाई हेफर इन्टरनेशनलका कार्यक्रम संयोजक अनन्त सिलवालले सहयोग रकम हन्तान्तरण गर्नुभएको हो । कोरोना संक्रमण संघ जुधिरहेका स्थानीय सरकारहरुलाई थप सहयोगका लागि आपतकालिन सहयोग गरिएको थियो । तानसेन नगरपालिकालाई ४० लाख, तिनाउ गाउपालिका, रम्भा गाउपालिका र रिब्दीकोट गाउपालिकालाई १५, १५ लाख, माथागढी गाउपालिकालाई १० लाख र रैनादेवी छहरागाउपालिकालाई ४ लाख ५० हजार रकम हस्तान्तरण गरिएको हेफर इन्टरनेशलका कार्यक्रम अधिकृत विष्णु प्रसाद पाण्डेले जानकारी दिनुभयो । सहयोग हस्तान्तरण गर्दै हेफर इन्टरनेशनलका कार्यक्रम संयोजक अनन्त सिलवालले जनताको आम्दानी आयश्रोत वृद्धी र सामाजिक सवलिकरणका क्षेत्रमा क्रियाशिल हेफरले आफैले विपत व्यवस्थापनको क्षेत्रमा काम गर्नुको साटो स्थानीय सरकारहरुलाई सहयोग गरेको बताउनुभयो । “स्थानीय सरकारहरु विपत व्यवस्थापनको क्षेत्रमा खटिरहनुभएको छ, हाम्रो सानो सहयोगले आम जनताको जिवन बचाउन सहयोग पुग्छ भनेर सहयोग गरेका हौं । ” संयोजक सिलवाल भन्नुभयो । सिलवालले पाल्पा जिल्लाका १० वटै स्थानीय सरकारहरुलाई सहयोग गरिने बताउदै हेफर संग नेपाल गर्भमेन्ट पाटर्नरसिप प्रोग्राम लागु भएका स्थानीय तहहरुलाई १५ लाख र लागु नभइसकेका स्थानीय तहहरुलाई थोरै रकम हस्तान्तरण गरिएको उल्लेख गर्नुभयो । सहयोग हस्तान्तरण कार्यक्रममा वोल्दै तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाहीले कोभिडको संकटमा एक्लो नभएको महसुस भएको बताउदै, हेफरको सहयोगले अप्ठेरोसंघ जुध्ने आँट थपिएको बताउनुभयो । साझेदारी सस्था ग्रामिण आर्थिक विकास संघ रेडाका कार्यकारी निर्देशक लिला बहादुर कार्कीले पाल्पाका जनप्रतिनिधिहरुको सकारात्मक सोच र हेफरको माध्यमबाट पाल्पामा गरिएका क्रियाकलापको नतिजाका कारण पाल्पामा अन्य जिल्लाको तुलनामा वढी सहयोग रकम आएको बताउनुभयो । हेफर इन्टरनेशलको सहयोग रकमबाट स्थानीय सरकारहरुले कोभिड व्यवस्थापनमा खर्च गर्न सक्नेछन् । दिर्घकालिन प्रयोग हुने अक्सिजनहरु, कन्सनटेटर, भ्यान्टिलेटर जस्ता उपकरण खरिद गर्न सक्ने हेफरले जनाएको छ । हेफर नेपालका कार्यक्रम अधिकृत विष्णुप्रसाद पाण्डेयका अनुसार पाल्पा जिल्लाभरका १० वटै स्थानीय तहका लागि १ करोड ४९ लाख रुपैयाँ बितरण गरिने छ । आठ वटा स्थानीय तहमा हेफर नेपालको कार्यक्रम अघि बढेको छ भने दुई वटामा प्रक्रियामा रहेको छ । तानसेन नगरपालिका ४० लाख, रामपुर, पूर्वखोला, निस्दी, रिब्दीकोट र रम्भालाई १५ लाख, माथागढी १० लाख, बगनासकाली र रैनादेवीलाई ४ लाख ५० हजारको दरले विनियोजन गरिएको हेफरले जनाएको छ । हेफरले लुम्बिनी प्रदेशमा ५ करोड ३ लाख रुपैयाँ बितरण गर्ने जनाएको छ ।