Share
  •   
  •  
  •  
  •  

पाल्पा । २३, जेठ । ०७८
यहि जेठ २५ र २६ गते संचालन हुने कोरोना विरुद्धको खोप माथागढी गाउपालिकाले सबै वडाहरुमा एकसाथ संचालन गर्ने भएको छ । यस अघि केही वडाहरुमा मात्र खोपकेन्द्र संचालन गर्ने भनिएपनि नागरिकहरुको भावनालाई आत्मसाथ गर्दै ८ वटै वडाहरुमा खोपकेन्द्र संचालन गर्ने भएको हो ।
गाउपालिकाका अध्यक्ष शन्तोष थापा मगरका अनुसार स्वास्थ्य कार्यालयको व्यवस्थापनमा केही वडाहरुमा मात्र खोपकेन्द्र संचालन गर्ने भनिएपनि माथागढीले सबै वडाहरुमा खोपकेन्द्र संचालन गर्ने भएको हो । गाउपालिकाका अध्यक्ष शन्तोष थापाले खोपकेन्द्र स्वास्थ्य कार्यालयले तोकेको भएपनि माथागढीका नागरिकको स्वास्थ्य र सुरक्षालाई ख्याल गर्दै सबै वडाहरुमा एकसाथ गर्ने बताउनुभयो । “हामिले हाम्रा नागरिकहरुको स्वास्थ्य र सुरक्षालाई मध्यनजर गर्दै सबै वडाहरुमा खोप केन्द्र चलाउछौं आवश्यक व्यवस्थापन गछौं, खोपबाट कसैलाई छुटाउदैनौं आउन नसक्नेहरुलाई गाडी पठाएर भएपनि खोप लगाउछौं । ”
केन्द्र सरकारले व्यवस्थापन गरेको कोरोना विरुद्धको खोप यहि जेठ २५ र २६ गते ६० देखी ६४ वर्ष उमेरसमूहकालाई लगाइदैछ ।