Share
  •   
  •  
  •  
  •  

सुमन कार्की
पाल्पा । २२ जेष्ठ । ०७८
मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम अन्र्तगत तानसेन नगरपालिकाले सरकारी विद्यालयमा दिवा खाजा व्यवस्थापनमा आवश्यक पर्ने भाडा कुडा वितरण गरेको छ ।
तानसेन नगरपालिका वडा नं।९मा अवस्थीत टिन्टीआप प्राथमिक विद्यालय र बालकृष्ण प्राथमिक विद्यालयलाई ६० हजार वरावरको खाजा वनाउदा र विद्यार्थीलाई खाजा खुवाउदा आवश्यक पर्ने सम्पूर्ण भाडा सामग्रीहरु विद्यालयलाई वितरण गरेको हो ।
नगरसरकारले गत वर्ष देखिनै नगरभित्रका विद्यालयहरुमा दिवा खाजा व्यवस्थापन गरेको हो । विद्याथीहरुलाई नियमीत विद्यालय उपस्थीत गराउन सकिने उदेश्यका साथ नगर सरकारले दिवा खाजाको व्यवस्थापन गर्दे आएको छ । नगरपालिका भित्रका पिछडिएका सरकारी विद्यालय जस्को आर्यसा्रेत न्यून रहेको छ त्यो विद्यालय छानेर टिन्टीआप प्राथमीक विद्यालय र बालकृष्ण प्राथमीक विद्यालयमा दिवा खाजाको व्यवस्था भए पनि त्यसकोलागी आवश्यक पर्ने खाजा पकाउने सामाग्री व्यवस्थापन हुन नसक्दा विद्यालयलाई झन्झटिलो हुदै आएको थियो ।
विद्यालय व्यवस्थापन समितीको माघ अनुसार तानसेन नगर पालिकाले मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम अन्र्तगत विद्यालयलाई ग्यास चुलो सहित १–१ वटा, खाजा पकाउने ठुलो र सानो ढक्कन सहित देप्ची २–२ थान, वाटा मझौला २–२ थान, वाटर डेस्पेन्सल जार सहित १–१ थान,चिया कित्ली १–१ थान,वकेट २–२ थान, थाल,चम्चा,कचौरा,गीलास विद्याथी अनुसार र भान्सामा आश्यक पर्ने अन्य भाडाकुडा विद्यालयलाई हस्तानतरण गरिएको मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम संयोजक गुराँस आत्रेयले जानकारी दिनु भयो ।
आफ्नै विद्यालयको भाडाकुडा भैसकेपछि अवको आउदा दिनहरुमा विद्यार्थीहरुलाई दिवाखाजा पकाउन तथा खुवाउन सजिलो हुने तानसेन ९ का वडा अध्यक्ष हरि सोमर रेग्मीले वताउनु भयो । जस्ले गर्दा विद्यार्थीलाई समयमै ताजा खाजा खुवाउन सकिने र अन्य विद्याथीीहरुलाई समेत विद्यालय आउन प्रेरीत गर्ने जानकारी दिनुभयो ।