Share
  •   
  •  
  •  
  •  

पाल्पा । २०, जेठ । ०७८
विष्णु घिमिरे
राजेश श्रेष्ठ । तिनाउ गाउपालिकाका प्रवत्ता तथा वडा नं. २ दोभानका वडा अध्यक्ष । उहाँको दैनिकी अहिले कोरोना संक्रमितहरुलाई भेट्ने रहेको छ । विहान उठेर संक्रमितहरुको घरघर चाहार्दै वेलुका अवेर आफ्नो घर फर्केने राजेश श्रेष्ठ, तिनाउका ५ वटा वडाहरुमा डुल्नुभयो । उहाँ संक्रमितहरुको घरघरमा पुग्ने स्वास्थ्य अवस्था बुझ्ने, अप्ठेरो परेकालाई सहयोग गर्ने गर्नुहुन्छ । “कोरोनालाई जित्न मनोवल उच्च हुनुपर्छ भन्ने राजेश संक्रमितहरुलाई भेटेर मनोवल वढाउने काम गर्नुभएको छ । कोरोना संक्रमण भएपछी म मर्छु क्या भन्ने सोच आउछ, मनोवल घट्छ मैले घरघरमा पुगेर हौसला वढाउने काम गरेको छु ।” राजेश भन्नुहुन्छ, “कोरोना संक्रमणबाट शारीरिक संगसंगै मानसिक अवस्था कमजोर हुदो रहेछ । ”
कोरोना संक्रमणको पहिलो लहरमा पनि प्रवत्ता श्रेष्ठले तिनाउ गाउपालिकाले संचालन गरेको क्वारेन्टिनमा दैनिक योगा र नृत्य गराउनुभएको थियो । कोरोना संक्रमितहरुले मनोवल उच्च राख्दै शारिरीक व्यायाममा ध्यान दिने हो भने जितिन्छ भनेर योगा र नृत्य गराउनुभएका श्रेष्ठले यो पटक पनि गाउपालिकाको कोरोना अस्पताल, क्वारेन्टिन र घरघरमा पुगेर चेतना वाढ्दै हिड्नुभएको छ ।
देशमा यतिवेला कोरोना भाइरसको संत्रास छाएको छ । कोरोनाको दोश्रो लहरले घरदेखी अस्पताल सम्म विरामीको चाप वढेको छ । स्थानीय सरकारहरुले आफ्नै पालिकामा कोरोना अस्पताल बनाएका छन् । धेरै संक्रमितहरु घरमै होम आइसोलेट भएर बसेका छन् । कोरोना संक्रमितहरुलाई नजिकबाट वोल्न, सहयोग गर्न मानिसहरुको अभाव भएको छ । कोरोना जित्न मनोवल उच्च राख्नुपर्छ भन्ने मान्यतालाई साकार पार्न प्रवत्ता श्रेष्ठ घरघरमा पुगेको बताउनुहुन्छ । कोरोना संक्रमितहरुको घरघरमा पुग्दा आफुलाई खुसी मिलेको बताउने श्रेष्ठ, स्थानीयहरु पनि खुसी र हौसित भएको बताउनुहुन्छ । “हामीले भोट दिएर जिताएका जनप्रतिनिधि हाम्रो दुःखमा साथ दिन आउनुभयो भन्नुहुन्छ, मलाई पनि खुसी लाग्छ ।” श्रेष्ठ भन्नुहुन्छ, “कतिपय वडाका जनप्रतिनिधि समेत आफ्नै टोलमा पुगेका छैनन् म गाउपालिकाको ५ वटा वडाहरु पुगे एउटामा जान वाँकी छ । ”
तिनाउ गाउपालिकाले कोरोनाको दोश्रो लहरमा कोरोना अस्पतालको निर्माण, प्रप्याप्त अक्सिजनको व्यवस्था, होम आइसोलेसनमा बस्नेहरुलाई स्वास्थ्य सुरक्षा किटको व्यवस्था गरेको छ । प्रवत्ता श्रेष्ठ कतिपय टोलमा गाउपालिकाको स्वास्थ्य किट लिएर जानुहुन्छ भने कतिपय टोलमा साथीहरु संग । “कोरोना संक्रमितहरुको घरघरमा पुगेर संचोविसन्चो सोध्दा मात्रै पनि मनोवल वढदो रहेछ,” श्रेष्ठ भन्नुहुन्छ, “कोरोना संक्रमितहरुलाई गरिने सामाजिक व्यवहार राम्रो छैन्, घरघरमा पुगेर संचो विसन्चो सोध्दा मात्रै पनि मनोवल वढ्दो रहेछ । ”
कोरोना संक्रमणको दोश्रो लहरमा तिनाउ गाउपालिकामा १ सय ८० बढी संक्रमित भएका छन् भने २ जनाको ज्यान गएको छ ।