Share
  •   
  •  
  •  
  •  

पाल्पा । १९, जेठ । ०७८
पाल्पाको बगनासकाली गाउपालिकाले कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको परिवारको लागि जनही २५ हजार रुपैया सहयोग गर्ने भएको छ । बगनासकाली गाउपालिकाले कोरोना संक्रमणको दोश्रो लहरमा ज्यान गुमाउनेहरुको परिवारलाई २५ हजार रुपैया सहयोग गर्ने भएको हो । बुधवार बसेको बगनासकाली गाउकार्यपालिकाको वैठकले कोरोनाका कारण ज्यान गुमाउने बगनासकालीका नागरिकहरुको परिवारलाई सहयोग गर्ने निर्णय भएको थियो ।
बगनासकाली गाउपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालका अनुसार कोरोना संक्रमणका कारण ज्यान गुमाउनेहरुको परिवारलाई राहत दिन नगद सहयोग गर्ने निर्णय भएको हो । “गाउपालिकाले बाचुन्जेल त सहयोग गरेको नै छ, ज्यान गुमाइहालेपनि परिवारलाई शव ब्यवस्थापनको लागि राहत होस भनेर २५ हजार दिने निर्णय गरेका हौं ।” अध्यक्ष बस्यालको भनाई छ । बुधवार बसेको गाउकार्यपालिका वैठकले उपाध्यक्ष सरस्वती चिदी, योजना शाखा प्रमुख भरत घिमिरे र सम्पूर्ण कोरोना संक्रमणबाट जुधिरहेकाहरुको सिघ्र स्वास्थ्यलाभको कामना गर्ने निर्णय भएको प्रवत्ता लक्ष्मी अधिकारीले बताउनुभयो । बगनासकाली गाउपालिकामा कोरोना संक्रमणको पहिलो लहरमा ७ जना र दोश्रो लहरमा ९ जनाको ज्यान गएको छ ।