Share
  •   
  •  
  •  
  •  

पाल्पा । १७ जेठ । ०७८
कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसंगै तिनाउ गाउपालिकाले १० वेडको अक्सिजन सहितको कोरोना अस्पताल निर्माण गरी संचालन गरिरहेको छ । २ जना स्वास्थ्यकर्मी र कार्यालय सहायक सहित संचालित कोरोना अस्पतालमा अहिले १५ जना बढीले सेवा लिएको अध्यक्ष घर्तीमगरले बताउनुभयो । कोरोना अस्पतालमा अक्सिजनको व्यवस्था गरी कोरोना संचालन गरिएको तिनाउ गाउपालिकाले जनाएको छ । कोरोना अस्पतालमा। तिनाउ गाउपालिकामा कोरोना भाइरसको नियन्त्रण प्रयास सम्बन्धी गाउपालिकाका अध्यक्ष ओम बहादुर घर्ती मगरले जानकारी गराउदै कोरोना संक्रमणको दोश्रो लहरमा १ सय ७७ जना संक्रमण भएको जानकारी गराउनुभयो । तिनाउ गाउपालिकाले संचालन गरेको कोरोना अस्पतालमा ६ जना उपचारारत रहेको, अन्य अस्पतालमा १ जना र १ सय २७ जना होम आइसोलेसनमा रहेको उहाँको भनाई छ । त्यसैगरी तिनाउमा २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको र ३९ जना कोरोना जित्न सफल भएको गाउपालिकाले जनाएको छ ।
तिनाउ गाउपालिकाले संचालन गरेको कोरोना अस्पतालमा २ जना स्वास्थ्यकर्मी सहित विरामीका लागि खाना र राम्रो हेरचाहको व्यवस्था गरिएको तिनाउका स्वास्थ्य शाखा प्रमुख कृष्ण कार्कीले जानकारी दिनुभयो । कार्कीका अनुसार कोरोना अस्पतालमा २४ सै घण्टा अक्सिजन सहितका स्वास्थ्यकर्मीको व्यवस्था गरिएको छ । तिनाउ गाउपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरुलाई प्रोत्साहन वापत जोखिम भत्ता उपलब्ध गराइएको प्रमुख प्रशाशकिय अधिकृत सुन्दर प्रसाद श्रेष्ठको भनाई छ । श्रेष्ठका अनुसार जोखिम भत्ता, पिपिई लगायतका आवश्यक स्वास्थ्य सामाग्रीहरुको कमी हुन दिइएको छैन ।
तिनाउ गाउपालिकाले कोरोना अस्पतालमा अक्सिजनको कमि हुन दिएको छैन् । गाउपालिकाका अध्यक्ष ओम बहादुर घर्ती मगरका अनुसार आवश्यक अक्सिजन जुटाइएको छ, कमि हुन दिइएको छैन् । गाउपालिकाले होम आइसोलेसनमा बस्नेहरुलाई विशेष प्राथमिकता दिएको बताएको छ । “हाम्रो गाउपालिकामा होम आइसोलेसनमा बस्नेहरु नै धेरै छन् । हामीले दिनँहु उनीहरु फोन सम्पर्क गरी स्वास्थ्य अवस्था बुझ्ने काम गरिरहेका छौं ।” गाउपालिकाका अध्यक्ष घर्तीका अनुसार गाउपालिका निर्वाचित जनप्रतिनिधिहरु र स्वास्थ्यकर्मीहरु घरघरमै गएर कोरोना संक्रमितलाई भेट्ने र आवश्यक परामर्श दिने गर्दछन् । गाउपालिकाले संक्रमितहरुलाई आवश्यक औषधीहरु र स्वास्थ्य सुरक्षा सामाग्रीहरु प्रदान गर्दै आएको स्वास्थ्य शाखा प्रमुख कृष्ण कार्कीले बताउनुहुन्छ । “हाम्रो गाउपालिकामा होम आइसोलेसनमा बस्नेहरुलाई हामी स्वास्थ्य जाँच गछौं, परीक्षण गछौं र असामान्य भए तुरुन्त अस्पताल लान्छौं ।” संयोजक कार्की भन्नुहुन्छ ।
तिनाउ गाउपालिकामा होम आइसोलेसनमा बस्नेहरुको अवस्था बुझ्ने र उनीहरुलाई हौसला प्रदान गर्न निर्वाचित जनप्रतिनिधिहरु नै लागेका छन् । यस अघिको कोरोना संक्रमणको पहिलो चरणमा क्वारेन्टिनमै योगा र नृत्य गराएर संक्रमितलाई हौसला प्रदान गर्दै आउनुभएका गाउपालिकाका प्रवत्ता राजेश श्रेष्ठ यो संक्रमणमा घरघरमा पुगेर हौसला प्रदान गर्दै आउनुभएको छ । प्रवत्ता श्रेष्ठ भन्नुहुन्छ, “कोरोना जित्ने एउटा अचुक उपाय नै आत्मविश्वास र हौसला रहेछ, म डाक्टर त परिन तर संक्रमितलाई हौसला बढाउन न सक्छु नी, त्यसैले घरघरमा पुगेर हौसला बढाउर्दै आएको छु । ”