Share
  •   
  •  
  •  
  •  
  •  

पाल्पा । १६, जेठ । ०७८
कोरोना संक्रमणको दोश्रो चरणमा पाल्पाका स्थानीय सरकारहरुले कोरोना संक्रमण नियन्त्रण र व्यवस्थापनमा गरेका कामहरु र योजनालाई हामीले अन्तर्वार्ताको माध्यमबाट प्रस्तुत गरिरहेका छौं । रैनादेवी छहरा गाउपालिका गाउपालिकाका अध्यक्ष राम बहादुर कार्की संग पाल्पापाटीका सम्पादक विष्णु घिमिरेले गर्नुभएको कुराकानीमा आधारित एक अन्तर्वार्ताः

कोरोना संक्रमणको यो महामारीलाई गाउपालिकाबाट कसरी व्यवस्थापन गर्नुभएको छ ?

रैनादेबी छहरा गाउपालिका पाल्पा पनि कोरोना संक्रमणको दोश्रो स्टेजमा अन्त्यन्त प्रभावित बन्न पुग्यो । हामीले गाउपालिकामा १ वटा कोरोना अस्पताल निर्माण, होम आइसोलेसनलाई प्रभावकारी र व्यवस्थित बनाउने काम गरयौ । साथै अक्सिजनको अत्यान्त अभाव रह्यो हामीले त्यतातिर विशेष ध्यान दिएर अक्सिजनको जोहो गरयौं । कोरोना परीक्षको दायरालाई फराकिलो बनाउदै गाउगाउमा परीक्षण, एम्बुलेन्स तथा सरकारी सवारीसाधनमा कोरोना बोक्ने व्यवस्था गरेका छौं ।

कोरोना अस्पताल कसरी संचालन गर्नुभएको छ ?
धन्यवाद विष्णु जी, हामीले गाउपालिकाको छहरामा एउटा कोभिड अस्पताल बनायौं, जसमा ८ वेड रहेका छन् । उक्त अस्पतालमा १ जना मेडिकल अधिकृत, २ जना स्टाफ नर्श, १ जना कार्यालय सहयोगी सहित व्यवस्थापन गरेका छौं । उक्त अस्पताल निकै फलदायी पनि रह्यौ, अन्य ठूला भनिएका अस्पतालहरुले भर्ना नलिएर विरामी मर्ने अवस्थामा हामीले ज्यान वचाउन सहयोगी सिद्य बनाएका छौं । डाक्टर तथा नर्शहरुले डिउटी रोष्टम बनाएर काम गर्नुभएको छ । हाम्रो कोरोना अस्पतालमा बस्नेहरुलाई जिल्लाको सामाजिक श्रोत विकास केन्द्र मार्फत विरामी र कुरुवाको लागि दैनिक ८ सय बरावरको खाना व्यवस्थापन समेत गरेका छौं ।

रैनादेवी छहरा गाउपालिकाले संचालन गरेको कोरोना अस्पताल

अहिले गाउपालिकामा अक्सिजनको व्यवस्था के कस्तो छ ?
रैनादेवी छहरा गाउपालिका पाल्पामा अक्सिजनको अभाव छैन् । हामीले ३ वटा अक्सिजन कन्सटे«टर र २१ वटा सिलिण्डरको व्यवस्था गरेका छौं । गाउपालिकामा अक्सिजन अभाव छैन् । अक्सिजन नभएर ज्यान गुमाउनु पर्देन । अझ हामीले अक्सिजन उत्पादन गर्ने कन्सटे«टरको लागि विद्युत अभाव नहोस भनेर जेनेरेटरको समेत व्यवस्था गरेका छौं ।

रैनादेवी छहरा गाउपालिकाले संचालन गरेको कोरोना अस्पतालमा ब्यवस्था गरिएको अक्सिजन कन्सटेटर

विरामी बोक्नको लागि एम्बुलेन्स तथा सवारीसाधन कसरी व्यवस्थापन गर्नुभएको छ ?
हामीले रैनादेवी छहरामा एउटा एम्बुलेन्सको व्यवस्था गरेका छौं । साथै गाउपालिकाको आफ्नै गाडी पनि कोरोना संक्रमितलाई बोक्नका लागि प्रयोग गरेका छौं । अहिले २ वटा सवारीसाधनहरु कोरोना संक्रमितहरु बोक्नका लागि प्रयोग भएका छन् । एम्बुलेन्सबाट हामीले गाउपालिका भित्र मात्र नभई अन्य अस्पताल पुरयाउदाको पनि निशुल्क व्ववस्था गरेका छौं । सवारीचालकहरुलाई पीपीई सेट तथा अन्य स्वास्थ्य सुरक्षाका सामाग्री दिएर काममा लगाएका छौं । हाम्रो गाउपालिका भित्रका कुनै पनि संक्रमितहरु जुन सुकै अस्पताल जान पनि निशुल्क एम्बुलेन्स चलाएका छौं । यहाँसम्मकी होम आइसोलेसनमा बसेर निको भएका विरामीको एक्सरे गर्न अन्य अस्पताल जादा समेत शुल्क लिएका छैनौं ।

रैनादेवी छहरा गाउपालिकाले गाउपालिकाको १ वटा र एम्बुलेन्स १ वटा गरी २ वटा सवारीसाधनहरु कोरोना संक्रमित बोक्नका लागि व्यवस्था गरेको छ ।

रैनादेवी छहरामा कोरोना परीक्षणको दायरा कस्तो छ ?
यस गाउपालिकामा सायद जिल्लामै धेरै संक्रमित भएका पालिकामा पर्छ । हामीले कोरोना परीक्षणलाई फराकिलो दायरामा राखेका छौं । अहिलेसम्म ४ सय वढी पीसीआर र १ सय जती एन्टिजेन परीक्षण गरेका छौं । अहिले पनि टोल टोलमा परीक्षणको क्याप चलाएका छौं । लक्षण देखिएका तथा शंका लागेका जो कोहीको पनि परीक्षण निशुल्क गरिरहेका छौं ।

होम आइसोलेसनको व्यवस्थापन कसरी गर्नुभएको छ ?
धन्यवाद । हामीले होम आइसोलेसनलाई विशेष प्राथमिकताका साथ हेरेका छौं । अन्य स्थानबाट आउनुभएका होम आइसोलेसनमा बस्नुहुन्छ, हामीलाई खवर गर्नुहुन्छ । हाम्रा सम्बन्धित वडाका निर्वाचित जनप्रतिनिधिहरु र स्वास्थ्यकर्मीहरु उहाँहरुको घरमा गएर स्वास्थ्य अवस्था बुझनुहुन्छ । शंकास्पद भएमा तुरुन्त परीक्षण, अवस्था असामान्य भए तुरुन्त अस्पताल पुरयाएर उपचार गरिरहेका छौं । अझ हाम्रोमा विशेष त के छ भने स्वास्थ्कर्मीले प्रत्येक दिन होम आइसोलेसनमा बसेकाहरुलाई फोन सम्पर्क गरी स्वास्थ्य अवस्था बुझनुहुन्छ अनी तुरुन्त रेस्क्यू गर्नुपर्नेमा गर्नुहुन्छ । अहिलेसम्म होम आइसोलेसनमा ३ सय ५४ जना बस्नुभएको छ । हामीले होम आइसोलेसनमा बस्नेहरुलाई स्वास्थ्य किट उपलब्ध गराएका छौं । भिटामिन बी, सी, जिवनजल, सिटामोल, एन्टिबायोटिकहरु, मास्क, सेनिटाइजर लगायतका सामाग्रीहरु होम आइसोलेसनमा बस्ने तथा शंकास्पदहरुलाई वितरण गरेका छौं ।

कोरोनाका कारण ज्यान गुमाएका नागरिकहरुको शव व्यवस्थापन कसरी भइरहेको छ ?
हाम्रो गाउपालिकामा कोरोनाका कारण मात्र नभई यो संक्रमणकालमा अन्य कारणले ज्यान गुमाएको भएपनि हामीले सहयोग गरेका छौं । परिवारलाई ४ सेट पीपीई, आवश्यक मास्क, ग्लोब्स, सेनिटाइजर जस्ता स्वास्थ्य सुरक्षाका सामाग्रीहरु प्रदान गरी सुरक्षित शव व्यवस्थापनमा सहयोग गर्दै आएका छौं ।

अन्त्यमा, कोभिड नियन्त्रण र व्यवस्थापनमा गाउपालिकाको सिङ्गो टिमको भुमिका कस्तो रहेको छ ?
यो कोभिड कोरोना महामारी हामीसंग दोश्रो पटक आएको छ । गत वर्षपनि हामी वडा वडामा क्वारेन्टिनको व्यवस्थापन गरेका थियौं । वाहिरबाट आउदा अप्ठेरो पर्नेहरुलाई सुनौलीसम्म पनि गाडी व्यवस्थापन गरि उद्यार गरिएको थियो ।
अहिलेपनि हाम्रो सिङ्गो टिम दिनरात नभनी काम गरेका छौं । हाम्रा जनप्रतिनिधि साथीहरु कर्मचारी सरह नै काम गर्नुभाछ, वडा वडामा पुग्ने विरामीको अवस्था बुझ्ने समस्या परे तुरुन्त रेस्क्यू गर्ने काम गरेका छौं । अहिलेसम्म त्यस्तो जटिलता आएको छैन । हामीसंग प्रप्याप्त अक्सिजन, स्वास्थ्यकर्मीहरु हुनुहुन्छ । हाम्रो यो अभियानमा निर्वाचित जनप्रतिनिधिहरु, कर्मचारीहरु, विभिन्न संघसस्थाहरु, पत्रकार तथा देश तथा विदेशमा रहनुभएका आम नेपाली नागरिकहरुबाट सहयोग भएको छ, हामी सवैप्रति आभारी छौं ।