Share
  •   
  •  
  •  
  •  

पाल्पा । ११, जेठ । ०७८
विष्णु घिमिरे
तानसेन नगरपालिकामा कृषि एम्बुलेन्स सेवा सुरु भएको छ । कोरोना भाइरसका कारण निशेधाज्ञा भएपछी नगरवासीले तरकारी खरिद गर्न समस्या परेकोले कृषि एम्बुलेन्स सुरु गरिएको हो । हेफर इन्टरनेशनल र ग्रामिण आर्थिक विकास संघ रेडाको सहयोगमा तानसेन नगरपालिकाले कृषि एम्बुलेन्स सुरु गरेको हो । मंगलवार तानसेनको कैलाशनगरबाट कृषि एम्बुलसेन्स मार्फत तरकारी वितरण सुरु गरिएको छ । तानसेन नगरपालिकाका मेयर अशोक कुमार शाहीले कृषि एम्बुलेन्स मार्फत नगरवासीलाई ताजा तरकारी वितरण सुरु गरिएको बताउनुभयो । लकडाउनका कारण नगरवासीलाई ताजा तरकारीहरु पुरयाउन गारो भएका कारण कृषि एम्बुलेन्स सुरु गरिएको बताउदै, कृषकका घरदैलो मार्फत खरिद गरिएका तरकारी वजारमा सस्तोमा विक्री गरिएको मेयर शाहीले बताउनुभयो ।


कृषि एम्बुलेन्समा हरियो साग, तरकारी, टमाटर, काक्रा लगायतका उपजहरु विक्री गरिएको छ । तानसेन नगरपालिकाका मदनपोखरा, अर्गली लगायतका स्थानहरुबाट तरकारी खरिद गरी वजारक्षेत्रमा विक्री वितरण गरिएको हो । हेफर इन्टनेशनलका विष्णु प्रसाद पाण्डेयका अनुसार कृषकहरुको खेतवारीमा रहेको तरकारीले वजार पाउने र वजारवासीले तरकारी पाउनका लागि कृषि एम्बुलेन्स सुरु गरिएको बताउनुभयो । “गाउगाउमा तरकारी उत्पादन भएर वजार पाएको छैन, वजारमा बस्नेहरुले लकडाउनका कारण ताजा तरकारी पाउन सकेका छैनन्” कार्यक्रम अधिकृत पाण्डेले भन्नुभयो, “किसानको उपज नगरवासप्लाई पुरयाउन सहजिकरण गरेका छौं । ”
तानसेनमा कृषि एम्बुलेन्स सुरु भएपछी स्थानीयहरु पनि हर्षित भएका छन् । स्थानीय दल बहादुर रास्कोटीले लकडाउनका कारण ताजा तरकारी नपाएर दुःख पाएका नगरवासीलाई कृषि एम्बुलेन्सले राहत दिएको बताउनुभयो ।
गत बैशाख १७ गते देखी पाल्पामा कोरोना संक्रमणका कारण निशेधाज्ञा गरिएको थियो । गत वर्षको कोरोना संक्रमणको वेलामा पनि तानसेन नगरपालिकाले कृषि एम्बुलेन्स सेवा सुरु गरेको थियो ।

तानसेनमा कृषि एम्बुलेन्स सेवा सुरु (फोटो फिचर)