Share
  •   
  •  
  •  
  •  

पाल्पा । १० जेठ । ०७८
तानसेन नगरपालिकाका विभिन्न वडाहरुमा कोरोना संक्रमण फैलन नदिन पिसिआर परीक्षणलाई तिव्रता दिइएको छ । नगरपालिकाका सबै वडाहरुमा परीक्षणको शिविर संचालन गर्दै परीक्षणलाई तिव्रता दिइएको हो । पाल्पा अस्पतालको समन्वयमा तानसेन नगरपालिका भित्रका १४ वटै वडामा पिसिआर सिबिर सुरु भएको छ ।

सोमबार तानसेन नगरपालिकाको टुडिखेलबाट सिबिरको सुरुवात भएको छ । सिबिरको सुरु गर्दै तानसेन नगरपालिकाका मेयर अशोक कुमार शाहिले जनस्तरमै कोरोना परिक्षण हुदा कोरोना संग मिल्ने लक्षणाको आधारमा बास्तबिक संक्रमित पहिचान हुने र छिटो उपचार पाउन सहज हुने बताउनुभयो । पाल्पा अस्पताल कोभिड प्रयोगशाला प्रमुख सन्दिप कडेलले पनि बास्तबिक अबस्था बुझ्न र छिटो उपचार पाउन शिविर संचालन गरिएको बताउनुभयो ।
अन्य १४ वटै वडामा पहिले परिक्षण गर्नेको नामावली संकलन गरिने र सिबिर संचालन गरिने छ । तानसेन नगरपालिकको टुडिखेलमा सोमबार भएको पिसिआर सिबिरमा ३० जनाको स्वाब संकलन भएको तानसेन नगरपालिकाले जनाएको छ ।