Share
  •   
  •  
  •  
  •  

पाल्पा । ९ जेठ ।  ०७८
विष्णु घिमिरे
रामपुर नगरपालिका पाल्पाले कोरोनाको खोप खरिदको लागि स्वीकृती मागेको छ । नगरपालिकाले नेपाल सरकार स्वास्थ्य मन्त्रालय संग आफ्ना नागरिकलाई खोप प्रदानका लागि खरिद अनुमती मागेको हो । रामपुर नगरपालिकाका मेयर रमण थापाका अनुसार आइतवार स्वास्थ्य मन्त्रालयमा उपस्थित भई रामपुर नगरपालिकाका नागरिकहरुलाई कोरोना खोप लगाउन सरकार संग खरिद अनुमती माग गरिएको थियो ।

“आज हामी मन्त्रालय गएका थियौं, मन्त्री ज्यूलाई हामीले कि खोप दिनुस कि अनुमती भन्यौंैं ।” नगरप्रमुख थापाले भन्नुभयो, “मन्त्रीजीले यस्तो प्रस्ताव नै पहिलोपटक आएको हौं, हामी सल्लाह गछौं भन्नुभएको छ ।” नगरप्रमुख थापाले रामपुर नगरपालिका पाल्पाले आफ्नै श्रोत साधनबाट किन्नेगरी खोप खरिदको माग गरेको हो । “हामीले भनेका छौं, मापदण्ड दिनुस कुन खोप कहाँबाट ल्याउने हामी आफै श्रोत साधन जुटाएर भएपनि खोप ल्याउछौं” प्रमुख थापाको भनाई छ ।
“पहिलो काम ज्यान जोगाउने हो, विकास निर्माण पछी गरेपनि हुन्छ ।” रामपुर नगरपालिकाका मेयर रमण थापा भन्नुहुन्छ, “यो आर्थिक वर्षका विकास वजेट तानेर भएपनि कोरोना खोप ल्याउने सोच बनाएका छौं ।” मेयर थापाले भन्नुभयो ”भारतका ३ वटा खोप कम्पनी संग हामीले समन्वय गरिसकेका छौं, हेरौं कती ल्याउन सकिन्छ, यो वर्ष र अर्को वर्षको विकास बजेट कटाएर भएपनि खोप ल्याएर मान्छे बचाउने योजना छ, सरकारले अनुमती दियोे भने अवश्य गछौं ।”