Share
  •   
  •  
  •  
  •  
  •  

पाल्पा । ६, बैशाख । ०७८
कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसंगै तिनाउ गाउपालिकाले १० वेडको अक्सिजन सहितको कोरोना अस्पताल निर्माण गरी संचालन गरिरहेको छ । २ जना स्वास्थ्यकर्मी सहित अक्सिजनको व्यवस्था गरी कोरोना अस्पताल संचालन गरिएको तिनाउ गाउपालिकाले जनाएको छ । कोरोना अस्पतालमा अहिले ६ जना उपचारारत रहेका छन् । तिनाउ गाउपालिकामा कोरोना भाइरसको नियन्त्रण प्रयास सम्बन्धी गाउपालिकाका अध्यक्ष ओम बहादुर घर्ती मगरले जानकारी गराउदै कोरोना संक्रमणको दोश्रो लहरमा १ सय ७७ जना संक्रमण भएको जानकारी बताउनुभयो । तिनाउ गाउपालिकाले संचालन गरेको कोरोना अस्पतालमा ६ जना उपचारारत रहेको, अन्य अस्पतालमा १ जना र १ सय २७ जना होम आइसोलेसनमा रहेको उहाँको भनाई छ । त्यसैगरी तिनाउमा २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको र ३९ जना कोरोना जित्न सफल भएको गाउपालिकाले जनाएको छ ।


तिनाउ गाउपालिकाले संचालन गरेको कोरोना अस्पतालमा २ जना स्वास्थ्यकर्मी सहित विरामीका लागि खाना र राम्रो हेरचाहको व्यवस्था गरिएको तिनाउका स्वास्थ्य शाखा प्रमुख कृष्ण कार्कीले जानकारी दिनुभयो । कार्कीका अनुसार कोरोना अस्पतालमा २४ सै घण्टा अक्सिजन सहितका स्वास्थ्यकर्मीको व्यवस्था गरिएको छ । तिनाउ गाउपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरुलाई प्रोत्साहन वापत जोखिम भत्ता उपलब्ध गराइएको प्रमुख प्रशाशकिय अधिकृत सुन्दर प्रसाद श्रेष्ठको भनाई छ । श्रेष्ठका अनुसार जोखिम भत्ता, पिपिई लगायतका आवश्यक स्वास्थ्य सामाग्रीहरुको कमी हुन दिइएको छैन ।
यसै विच जिल्ला समन्वय समिति पाल्पाले स्थानीयतहको कोरोना व्यवस्थापन सम्बन्धी अनुगमन गरेको छ । विहिवार समितिले तिनाउ गाउपालिकामा अनुगमन गरेको हो । जिल्ला समन्वय समितिकि प्रमुख मिरा मरासिनीको नेतृत्वमा अनगुमन गरिएको थियो ।


अनुगमनमा प्रदेश सांसद तुलाराम घर्ती बसन्तले प्रदेश सरकारसंगको समन्वय जारी रहेको बताउदै कोरोना नियन्त्रणमा स्थानीय सरकारहरु संग हातेमालो गर्दै अगी बढीरहेको बताउनुभयो । जिल्ला समन्वय समितिकी प्रमुख मिरा मरासिनीले जिल्लाबाट वितरण हुने स्वास्थ्य सामाग्रीहरुमा समानुपातिक वितरण गरिने बताउनुभयो ।
अनुगमनमा प्रदेश सांसद तुलाराम घर्ती, जिल्ला समन्वय समितिका अधिकारी धु्रव कुँवर, तिनाउका जनप्रतिनिधिहरुको सहभागीता रहेको थियो ।