Share
  •   
  •  
  •  
  •  
  •  

विष्णु घिमिरे
पाल्पा । ३१, बैशाख । ०७८ ।
बगनासकाली ५ दर्लमडाडाबाट गत स्थानीयतहको निर्वाचनमा सदस्यमा चुनाव जितेका टोप बहादुर न्यौपाने अहिले कोरोना संक्रमित विरामीलाई अस्पताल र घर गराउदै दिन विताउनुभएको छ । कोरोना महामारी बढेसंगै विरामीले सवारीसाधन पाउन मुश्किल भएपछी न्यौपानेले आफ्नै नीजि गाडीमा विरामीलाई अस्पताल र घर पुरयाउन सहयोग गर्न थाल्नुभएको हो ।
गाउगाउमा कोरोना संक्रमितहरु बढ्दै जादा र निशेधाज्ञाका कारण विरामी बोक्न सवारीसाधन नपाएको गुनासो बढ्न थालेपछी न्यौपानेले आफ्नै गाडीमा आफै चालक बनेर विरामीको उद्धारमा जुट्नुभयो । “विरामीले गाडी नपाएर सास्ती पाएको देखेपछी बन्द गाडी निकाले” टोप बहादुर भन्नुहुन्छ, “यो वेला कोरोना संक्रमित बोक्न कसैले नमान्ने रहेछन् । गाडीनै नपाएका कारण कसैले ज्यान गुमाउन त भएन भन्ने लाग्यो अनि विरामी वोक्न थाले” । एम्बुलेन्स नपाएर संक्रमित छटपटिएको दृश्यले टोप बहादुरको मन दुख्यो । लगत्तै समस्यामा परेका कोरोना संक्रमितलाई अस्पताल पु¥याउन सघाउने उद्घोष गर्नुभयो । आफ्नो फेसबुक वालमा सम्पर्क नम्बरसहित स्टाटस राख्नुभयो । त्यसयता न्यौपानेको दैनिकी संक्रमित बिरामीलाई अस्पताल र घर गराउँदै बितेको छ । न्यौपानेले विरामीलाई अस्पताल र घरमा पुरयाएको पैसा लिनुहुन्न, निशुल्क रुपमै विरामी बोक्दै आउनुभएको छ । अहिले दिनहुजसो विरामी र औषधी बोक्दै उहाका दिन वितेका छन् ।
बगनासकाली ५ दर्लमडाडाका लामो समय औषधी सेवन गर्नुपर्ने विरामीहरु जो, अस्पताल जान सक्दैनन् उनीहरुको औषधी समेत न्यौपानेले घरघरमा पुरयाउदै आउनुभएको छ । “मिसन र प्रभासबाट औषधी खादै आउनुभएकाहरुले मलाई कागज दिनुहुन्छ, म अस्पताल गएर औषधी ल्याइदिन्छु न्यौपाने भन्नुहुन्छ । म जनप्रतिनिधि हुँ, मलाई जनताले भोट दिएर जिताएका हुन्, यस्तो महामारीमा एम्बुलेन्स नपाउदा म आफै खटिएको छु” । उहाँ भन्नुहुन्छ, “संकटमा त हो सहयोग गर्ने । ” परिवारलाई असर नगरोस भनेर घरमा अलग्गै कोठामा बस्दै आउनुभएका न्यौपानेले, विरामीलाई गाडीमा चढाउनु अघी र झरेपछी स्यानीटाइज गर्दै आउनुभएको छ ।
जिल्ला सदरमुकाम तानसेनमा होटल व्यवसाय गर्दै आउनुभएका न्यौपाने गत स्थानीय तहको निर्वाचनमा बगनासकाली गाउपालिका ५ नं. वडाबाट सदस्यमा निर्वाचित भएपछी व्यवसाय नै छाडेर गाउमै समाजसेवा गर्दै आउनुभएको थियो ।