Share
  •   
  •  
  •  
  •  
  •  

विष्णु घिमिरे

पाल्पा । ३१, बैशाख । ०७८ ।
यतिवेला कोरोना संक्रमण तिव्र गतिमा फैलिरहेको छ । अस्पतालहरु विरामीको चापले खचाखच भरिन थालेका छन् । अस्पतालमा रहेका कोरोना संक्रमित र तिनका कुरुवाहरुलाई खाना खाने ठाउँको अभाव भएपछी पाल्पाको एउटा गैर सरकारी संस्थाले खाना खाने व्यवस्था मिलाएको छ ।
जिल्लाको सामाजिक स्रोत विकास केन्द्र नेपालले मिसन अस्पतालमा रहेका कोरोना संक्रमितहरु तिनका कुरुवाहरुको लागि खाना खाने व्यवस्था मिलाएको छ । सस्थाका कार्यकारी निर्देशक चोपलाल गिरीका अनुसार कोरोनाका कारण अस्पतालमा भर्ना भएका विरामीहरु र कुरुवाहरुको लागि १ महिना सम्म खाना खाने व्यवस्था मिलाइएको छ । अस्पताल भित्रै रहेको क्यान्टिनबाट सबै विरामीहरुलाई एक दिनको ४ सय सम्मको खाना खर्च सस्थाले तिरेर खाना खाने व्यवस्था मिलाइएको हो ।
गिरीका अनुसार कोरोना संक्रमितहरुलाई होटलवालाले पनि खाना खुवाउन डराउने र कुरुवाहरुहरु वाहिर खानाको व्यवस्थ ागर्न जादा कोरोना संक्रमण बढ्न सक्ने भएकोले खाना खुवाउने व्यवस्था मिलाइएको हो । “यो महासंकटको वेला कतिपय आर्थिक रुपमा पनि कमजोरहरु हुनुहुन्छ, मानविय नाताले र कोरोना संक्रमण थप नफैलियोस भन्ने हिसावले हामीले खाना खाने व्यवस्था मिलाएका हौं” सस्थाका अध्यक्ष कृष्ण बहादुर सारुले भन्नुभयो । अहिले मिसन अस्पतालमा १७ जना कोरोना संक्रमितहरु र १७ जना विरामी कुरुवा गरी ३४ जनालाई खाना खाने व्यवस्था मिलाइएको छ ।
रैनादेवी छहरा गाउपालिकाले संचालन गरेको कोरोना अस्पतालमा पनि सामाजिक स्रोत विकास केन्द्रले आज देखी नै खाना खाने व्यवस्था मिलाएको सस्थाले जनाएको छ ।