Share
  •   
  •  
  •  
  •  

विष्णु घिमिरे /सुमन कार्की
पाल्पा, २१ बैशाख । ०७८
पाल्पा जिल्लाका स्थानीय तहहरुले १ सय ४० वेडको कोरोना अस्पताल बनाएका छन् । जिल्लाका १० स्थानीय तहहरुले अधिकांशले आफ्नै कोरोना अस्पताल बनाएका छन् भने केही स्थानीय तहहरुले अन्य अस्पताल संगको समन्वयमा कोरोना अस्पताल संचालन गरेका छन् । तानसेन नगरपालिकाले पाल्पा अस्पताल संगको समन्वयमा कोरोना संक्रमितका लागि ५० वेड तयार गर्ने तयारी गरेको छ । ३० वेड संचालनमा ल्याएको छ । त्यस्तै रामपुर नगरपालिकाले ३५ वेडको अस्पताल तयार गर्दै छ । रामपुर नगरपालिकाका मेयर रमण थापाका अनुसार रामपुरमा कोरोना संक्रमितहरुको लागि अक्सिजन सिलिण्डर आइसकेको छ । अस्पताल केही दिनमै तयार हुने बताइएको छ ।
जिल्लाका अन्य ८ स्थानीय तहहरुले आफ्नै कोरोना अस्पताल निर्माणकार्य सक्याएका छन् । जिल्लाको बगनासकाली गाउपालिकामा १० वेडको १ अस्पताल, रिब्दीकोटमा ५ वेडको १ अस्पताल, रैनादेवी छहरा गाउपालिकामा १० वेडको १ अस्पताल तयार भएको छ । त्यसैगरी तिनाउ गाउपालिकामा १० वेडको १ अस्पताल, माथागढी गाउपालिकामा १५ वेडको १ अस्पताल तयार भएको छ । पूर्वखोलामा १० वेडको १ अस्पताल, रम्भा गाउपालिकामा ५, ५ वेडका २ अस्पताल तयार भएका छन् । गाउपालिकाका अध्यक्ष विष्णु प्रसाद भण्डारीका अनुसार रम्भाको ताहुमा ५ वेडको र हुगीमा ५ वेडको गरी २ अस्पताल बनाइएको छ । त्यसैगरी निस्दी गाउपालिकामा पनि ५ वेडको १ अस्पताल तयार भएको गाउपालिकाले जनाएको छ ।