Share
  •   
  •  
  •  
  •  

पाल्पा २०, बैशाख । ०७८
पाल्पामा सोमबार ७३ जनामा कोरोना पोजेटिभ देखिएको छ । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार ९७ जनाको कोरोना परीक्षणमा ७३ जनामा संक्रमण देखिएको हो । यो संगै पाल्पामा कोरोनाका संक्रिय संक्रमितहरुको संख्या ५ सय ८ पुगेको छ । सोमवार माथागढीका ३, रामपुरका २, पूर्वखोलाका ५, रैनादेवीका १ जनामा कोरोना संक्रमण देखिएको हो । त्यसैगरी रम्भाका १, बगनासकालीका ५, तिनाउका २, रिब्दीकोटका ४, निस्दीका २ र तानसेन नगरपालिका तथा अस्पतालहरुका ४८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थीले जानकारी दिनुभएको छ ।

स्वास्थ्य कार्यालय पाल्पाले सार्वजनिक गरेको अपडेट