Share
  •   
  •  
  •  
  •  

विष्णु घिमिरे
पाल्पा जिल्लाको बगनासकाली गाउपालिका वडा नं. ६ यम्घाको दर्पुकमा बोटे समुदायको बाहुल्यता छ । यहाँ ७०, ७५ घरहरु बोटे समुदायका छन् । उनीहरु कालिगण्डकी नदीमा माछा मार्ने र यदाकदा मेलापात गरेरै जिविको पार्जन गरेका हुन्छन् । यो क्षेत्रका बोटे समुदायका बालवालिकाहरु विद्यालय जान मान्दैनन्, र गएकापनि विचमै विद्यालय छोड्छन त्यसैले उनीहरु अधिंकाश एसइइ सम्म पुग्दैनन् । तर, अपवाद नै भन्नुपर्छ यही समुदायकी एक जना भने स्नातक तहमा पढ्दैछन् । उनी हुन् रुपा बोटे ।
रुपा बोटे स्याङ्गजा जिल्लाको मालुङ्गामा रहेको सार्वजनिक बहुमुखी क्याम्पसमा स्नातक तह पहिलो बर्षकी विद्यार्थी हुन् । उनी कक्षा १ देखी ८ सम्म दर्पुककै भगवती आधारभूत विद्यालयमा त्यसपछी मालुङ्गामा अध्ययन गर्दै आएकी छन् । बगनासकाली गाउपालिकाका खासगरी दुईवटा वडाहरु यम्घा र खानिगाउमा बोटे समुदायको बसोवास रहेको छ । खानिगाउको दैलातुङ्ग र यम्घाको दर्पुक उनीहरुको बसोवास स्थल हो । सदियौंदेखी माछा मारेरै जिविकोपार्जन गर्ने भएका कारणपनि बोटे जातीका मानिसहरुको बसोवास प्राय नदी किनार आसपास नै भेटिने गर्दछ ।
रुपा बोटेको घरमा ११ जनाको परिवार छ । आमा, बुवा र ९ छोराछोरी । ती मध्येकी साहिली रुपा घरमा मात्र होइन, आफ्नो समुदायमै धेरै पढ्नेमा गनिन्छिन् । “अरुले पढेको देख्दा रहर लाग्थ्यो, हाम्रो गाउमा बोटेहरुले पढ्दैनथे । ” रुपा भन्छिन् “अरु जातीले पढेको देख्दा मैले पनि पढ्छु भन्ने रहर जाग्यो । ” रुपाका घरमा ४ दाजुभाई र ५ दिदीवहिनी छन् । जेठो दाजुले ट्याक्टर चलाउने र माइलोले माछा मार्ने काम गर्छन् । २ वटा भाइहरु भने ८ कक्षामा पढ्दैछन् । यो क्षेत्रका बोटे समुदायका सबैको घरको आर्थिक अवस्था कमजोर छ । माछा मार्ने र मेलापात गरेर जसोतसो गुजारा मात्र । स्थानीय तथा भगवती आधारभूत विद्यालयका प्रधानाध्यापक जर्नाधन अधिकारीका अनुसार आजभोली केही बोटेसमुदायका मानिसहरु कामका लागि देश परदेश जान थालेका छन् । “देशपरदेश गएकाहरु अन्तको आर्थिक, सामाजिक अवस्था बुझेकोले आजभोली कोही कोहीमा पढ्नुपर्दोरहेछ भन्ने चेतना आउन थालेको छ । ”
रुपाको घरमा पनि उनले भन्दा अगाडी अरुले पढेनन् । २ दिदीहरु पनि १० कक्षा पढ्दापढ्दै विद्यालय छाडेर बसे । दाजुहरु पनि ८ कक्षा भन्दा माथी पढ्ेनन् । रुपाले भने कहिले विद्यालय छाडिनन् भन्छिन् “विद्यालयका सरहरु र गाउका मान्छेले मलाई हौसला प्रदान गरे, अनि पढ्न जाँगर आयो । ”

पढ्ने रहर गरीबीले छेकेन
रुपाको घरको आर्थिक अवस्था पनि अरु बोटे समुदायकै जस्तो छ । जसोतसो गुजारा मात्र । विद्यालय देखी क्याम्पस सम्मकै अध्ययनमा आर्थिक संर्घष गर्दै बढेकी छिन रुपाले । भन्छिन्, “घरबाट नास्ताखान भनेर केही पैसा दिनुहुन्थ्यो, त्यो बचाएर पढेकी हुँ । ” रुपा शनिवार र अन्य विदाको दिन प्राय अरुको मेला जान्छिन् । मेलाबाट आएको पैसा पढ्नका लागि पुर्याउन उनलाई सहयोग मिलेको छ । “मैले पढनुपर्छ भन्ने हो भने पैसाले खाचो नहुदो रैछ । ” रुपा भन्छिन् “आजकाल मेलापात जतिपनि पाइन्छ, विदामा मेला गएर पनि पढ्न सकिने रैछ । ”
१ वर्ष अगाडी देखी उनले गाउकै विद्यालयमा पढाउन पनि सुरु गरेकी छिन् जसले गर्दा उनको पढाइमा समेत सहयोग मिलेको छ ।

बोटे समुदायको पहिलो शिक्षिका
रुपा बोटे अव विद्यार्थी मात्र होइनन् उनी शिक्षिका समेत वनेकी छन् । करिव १ वर्ष अघिदेखी उनी आफैले अक्षरआरम्भ गरेको भगवती आधारभूत विद्यालयमा अध्यापन गर्छिन । स्थानीय सरकारको निर्वाचन पछी बगनासकाली गाउपालिका पाल्पाले गाउपालिकालाई बालमैत्री बनाउन विभिन्न कार्यक्रमहरु गर्यो, त्यसैअनुरुप यहाँका बोटे समुदायका बालवालिकाहरुलाई विद्यालय सम्म पुरयाउन रुपालाई तोकियो । विद्यालयमा शिक्षकको अभाव पनि भएकोले विद्यालयले पढाउने समेतको जिम्मेवारी दियो । रुपालाई आफ्नै गाउमा आफु शिक्षक हुँ भन्ने अझैपनि विश्वास लागेको छैन् । “हाम्रो समुदायमा कसैले पढ्न मान्दैनन्, पढेर के हुन्छ र भन्छन् । ” गहँभरी आँशु पारदै रुपा भन्छिन् “पढेपछी केही न केही त हुदो रैछ । म शिक्षक बनेर विद्यालय जादा सबै अचम्म पर्छन् ।”

घर घरमा पुगेर बोटे समुदायका बच्चाहरु बटुल्ने र विद्यालयमा लगेर पढाउने रुपाको जिम्मेवारी
रुपा विद्यालयको शिक्षिका त हुन नै । तर उनको जिम्मेवारी बच्चा पढाउने मात्रको छैन् । बच्चा खोजेर ल्याउने उनको मुख्य जिम्मेवारी हो । यो क्षेत्रका बोटे वालवालिकाहरु अझैपनि विद्यालय जान मान्दैनन् । स्थानीय भगवती आधारभूत विद्यालयमा यो क्षेत्रका करिव ८५ जना बालवालिकाहरु पढ्छन् । तर ती मध्येका २०, २५ जनालाई चाही घरमै पुगेर फकायर ल्याउनुपर्छ ।
बगनासकाली गाउपालिकाले बालमैत्री कार्यक्रम अन्र्तगत सबै वालवालिकाहरुलाई विद्यालय लैजाने र टिकाउने कार्यक्रम अन्र्तगत बोटे समुदायका नियमित विद्यालय नजाने वालवालिकाहरुलाई नियमित गर्न रुपालाई हेरालु शिक्षिकाको रुपमा राखेको हो । गाउपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालका अनुसार केही वालवालिकाहरु विद्यालय भर्ना भएपनि विद्यालय नियमित नजाने भएका कारण उनीहरुलाई नियमित गराउन हेरालुको आवश्यकता ठान्यौं ।
रुपा अहिले पनि दैनिक गाउ गाउ पुगिछन् । विहान ८ वजे देखी घरघरमा पुगेर बच्चाहरु फकायर विद्यालय लान्छिन् । “दुःखगरी फकायर ल्यायो कतिपय त विद्यालय नै नपुग्दै बाटोबाटै भाग्छन् । ” रुपा भन्छिन्, “बच्चाले त नबुझेर हो, विद्यालयमा जाने वानी पर्न थालेपछी बुझछन् होला कतिपय अभिभावकहरु नै बच्चा लान दिन्नन् । ” अझै पनि बोटे समुदायमा छोराछोरीलाई विद्यालय पठाए घरको काम गर्ने, साना बच्चा हेर्ने मान्छे हुन्नन् भन्ठानेर अभिभावकहरु बच्चा पठाउन मान्दैनन् । बगनासकाली गाउपालिकाको वडा नं. ६ दर्पुकका ८५ जना वालवालिकाहरु नजिकैको भगवती आधारभूत विद्यालयमा पढ्न जान्छन् । उनीहरु भर्ना हुने तर नियमित विद्यालय नजाने भएका कारण गाउपालिकाले रुपा बोटेलाई हेरालु शिक्षकको रुपमा व्यवस्थापन गरेको हो । रुपा भन्छिन्, “मैले घरघरमा गएर बच्चाहरु फकाएर ल्याउने गर्छु, अहिले ६० जना बढी नियमित विद्यालय आउछन् भने २०,२५ जनालाई अझैपनि घरमै गएर ल्याउनुपर्छ ।