Share
  •   
  •  
  •  
  •  

बुटवल । ०६, बैशाख

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । सोमबार प्रदेशसभा सचिवालयमा मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको हो । अविश्वासको प्रस्ताव संगै भावी मुख्यमन्त्रीमा नेकपा माओवादीका केन्द्रीय सदस्य कुलप्रसाद केसीलाई प्रस्ताव गरिएको छ । नेपाली कांग्रेस, माओवादी र जसपाका ५ नेतासहित ४१ जनाको हस्ताक्षरमा प्रस्ताव दर्ता गरिएको कांग्रेसका मुख्य सचेतक फकरुद्धिन खानले बताउनुभयो । प्रदेशसभामा अहिले ८५ सदस्य छन् । सरकार बनाउन ४३ प्रदेश सभाका सदस्यको हस्ताक्षर आवश्यक पर्छ । जनता समाजवादीकी कल्पना पाण्डे र राष्ट्रिय जनमोर्चाकी सांसद तारा जिसीले हस्ताक्षर गरेका छैनन् । ८७ सदस्यीय लुम्बिनी प्रदेशमा माओवादीले दुई सांसदको पद निलम्बन गरेपछि ८५ सांसद छन् ।
कांग्रेसका १९, माओवादी केन्द्रका १७, जनता समाजवादी पार्टीका ५ जनाको हस्ताक्षर रहेको बताइएको छ। तत्काल कायम रहेको ८५ सदस्यीय प्रदेशसभामा सरकार बनाउन ४३ मत आवश्यक हुन्छ ।