Share
  •   
  •  
  •  
  •  
  •  

पाल्पा, ३ । वैशाख ।
स्वास्थ्य मन्त्रालयले विहीवार एक विज्ञप्ती जारी गर्दै कोरोनाको नयाँ संक्रमण फैलिएकोले १४ जिल्लाका वालवालिकालाई विद्यालय नपठाउन अनुरोध गरेको छ । कोरोनाका कारण अतिसंवेदनशिल मानिएका १४ जिल्लाका अभिभावकहरुलाई आफ्ना छोराछोरी विद्यालय नपठाउन अपिल गरेको हो । विद्यालय वन्द गर्नुपर्ने सिफारिस गरेको मन्त्रालयले अन्ततः विद्यालय बन्द नहुने स्थीती देखेपछी अभिभावहरुमा अपिल गरेको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार मध्यपुर थिमि नगरपालिकाको एक निजी विद्यालयमा कक्षा ६ कक्षामा पढ्ने ११ वर्षीय बालकको कान्ति बाल अस्पतालमा संक्रमणकै कारण मृत्यु भयो भने चैत १४ यता मात्रै ३५० भन्दा बढी बालबालिका संक्रमित भइसकेका छन् ।
पछिल्ला ३ दिनयता ९ वर्षभन्दा मुनिका क्रमशः १२, २२ र ५ जना बालबालिकामा संक्रमण पुष्टि भएको छ भने १० देखि १९ वर्षभित्रका क्रमशः ४८, ४० र ४३ जना बालबालिकामा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो समय बालबालिकामा संक्रमण बढेकाले विद्यालय बन्द नगरे कोरोना महामारी नियन्त्रण बाहिर जाने स्थिति आएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारी बताउनुहुन्छ । महामारीको गम्भीरतालाई बुझेर निर्णय गर्ने निकायले कुनै निर्णय नगरेपछि हामीले यो अपील गरेका हौं । मन्त्रालयको अपीलअनुसार सर्वसाधारण आफैंले बुझेर त्यही अनुरुपको व्यवहार गर्दा संक्रमणको जोखिम कम हुन्छ, ।