Share
  •   
  •  
  •  
  •  

विष्णु घिमिरे
पाल्पा । ०३ वैशाख, ०७७ ।
रम्भा गाउपालिका पाल्पाले २ सय युवालाई स्वरोजगार बनाउने अभियान सुरु गरेको छ । गाउपालिकाले आर्थिक वर्ष ०७७।०७८ बाट २ सय युवाहरुलाई उद्यमी बनाउन ऋण प्रवाह गर्ने कार्यक्रम सुरु गरेको हो ।
गाउपालिकाका ३ वटा वित्तिय संस्थासंगको समन्वयमा २ सय युवाहरुलाई १० करोड ऋण प्रवाह गर्न सुरु गरेको छ । अगाँहाखोला सहारा कृषि सहकारी संस्था, शिद्धार्थ बचत तथा ऋण सहकारी सस्था र रम्भादेवी सानाकिसान कृषि सहकारी सस्था मार्फत गाउपालिकाका २ सय युवाहरुलाई स्वरोजगार बनाउन ऋण प्रवाह सुरु गरेको रम्भा गाउपालिकाले जनाएको छ ।
गाउपालिकाका अध्यक्ष विष्णु प्रसाद भण्डारीका अनुसार वित्तिय संस्थाले ९ प्रतिशत व्याजमा ऋण प्रवाह गर्ने गर्दछन् त्यसको ५ प्रतिशत गाउपालिकाले वेहोर्ने व्यवस्था गरेको छ । अध्यक्ष भण्डारीका अनुसार ४ प्रतिशत सम्बन्धित व्यक्तिले नै तिर्नु पर्ने हुन्छ । ३ महिना अगाडी देखी सम्झौता भई सुरु भएको स्वरोजगार कार्यक्रममा ५० बढी युवाहरुले ऋण लिएर काम सुरु गरिसकेका छन् ।