Share
  •   
  •  
  •  
  •  
  •  

चैत्र २९,
नेपाल तालिम तथा रोजगार ब्यवसायी महासंघ लुम्बिनी प्रदेशले बुटवलमा आफु मातहतका ब्यवसायिक संस्थालाइ आबद्धताको प्रमाण पत्र वितरण कार्यक्रम सम्पन्न गरेको छ।
नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट सम्बन्धन लिइ सीप मूलक तालिम सञ्चालन गर्दै आएका सस्था हरुको छाता संगठनको रुपमा २०७२ सालमा स्थापना भएको यस सस्थाले २०८८ बैशाख ९ गते प्रथम महाधिवेशन गर्ने मिति तोके सङ्गै जिल्ला, प्रदेश र केन्द्रीय समितिमा प्रमाण पत्र बाड्ने र महाधिवेशन को तयारी गर्ने गरि अभिनय चलाएको छ ।
कार्यक्रममा प्रमुख अतिथि निर्वतमान महासचिव अच्युत नेपालले प्रमाण पत्र वितरण गर्दै गर्दा तालिम प्रदायक संस्थाले भोग्नु परेको पिर मर्का र अस्वस्थ तालिम सञ्चालनले हामी जस्ता तालिम प्रदायक संस्थाहरुको मान प्रतिष्ठा माथि सरकारबाट नै कुठाराघात भएकाले यसरी सङ्गठित हुनु परेको बताउनु भयो । प्रदेश नं १ का अध्यक्ष तथा नेपाल प्रयर्टन बोर्ड नेपालका कार्यकारी सदस्य कृष्ण शाहले तालिम तथा रोजगार ब्यवसायी महासंघले देशमा ७५३ ओटा स्थानीय तहमा तालिम चलिरहेको तर ति सबै तालिमको गुणस्तर भने कुनै निकायबाट पनि अनुगमन नहुने र तालिम भत्तामा सिमित हुने गरेको बताउनु भयो । बाग्मती प्रदेश अध्यक्ष बद्री दाहालले महासंघले तहगत रुपमा सीपको स्तर उन्नती गर्ने लक्ष्य राखेको बताउनु भयो । यसै गरि निर्वतमान उपाध्यक्ष भरत तिमिल्सिना, निर्वतमान सचिव छत्र बम, केन्द्रीय सदस्य जि एस गुरुङ, लुम्बिनी प्रदेश सल्लाहकार प्रकाश रानाले आ–आफ्नो धारणा राख्नु भएको थियो ।
लुम्बिनी प्रदेशका उपाध्यक्ष अरुण मैनालीको सभापतित्वमा सम्पन्न कार्यक्रममा सचिव अरुण अर्यालले संचालन गर्नु भएको थियो।