Share
  •   
  •  
  •  
  •  

 

पाल्पा २४ चैत्र
तानसेनको काजिपौवामा बोलेरो जिप दूर्घटना हुदा दुईजनाको मृत्यु भएको छ ।
गए राती अन्दाजी १२ः २० बजेको समयमा लु २ च ६३२ नम्बरको कुखुरा बोक्नी बोलेरो जिप तानसेन ७ काजीपौवा स्थित भित्री कच्ची सडक खण्डमा दूर्घटना भएको हो । दुर्घटनामा बगनासकाली गाउँपालिका ४ का बर्ष २० का बिजय खाम्चा चालक र सोही जीपमा सवार रिब्दीकोट गाउँपालिका ४ का बर्ष २७ का राज थापाको युनाइटेड मिसन अस्पताल तानसेनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिनुभयो ।
जिल्ला प्रहरि कार्यालय पाल्पाले घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको जनाएको छ ।