Share
  •   
  •  
  •  
  •  

विष्णु घिमिरे । पाल्पा । २० चैत्र ०७७
६४ औं सहकारी दिवसको अवसरमा रिब्दीकोट गाउपालिकामा सहकारीका सम्भावनाm चुनौती र अवसरको विषयमा अन्र्तक्रिया भएको छ । रिब्दीकोट गाउपालिकाका ३३ वटा सहकारी संस्थाका पधादिकारीहरु र सहकारी विज्ञहरुले अन्र्तक्रियामा भाग लिएका थिए । कार्यक्रममा सहकारी संजाल रिब्दीकोटका अध्यक्ष दान बहादुर कुँवरले कार्यपत्र प्रस्तुत गर्दै छरिएर रहेका सहकारीहरुको काममा एकता हुनुपर्ने बताउदैं, कृषि र पशुपालन जस्ता कार्यक्रमहरु सहकारी मार्फत गर्न गाउपालिकालाई अनुरोध गर्नुभयो । रिब्दीकोट गाउपालिकामा फलफुल, दुध र तरकारी विक्रीबाट वार्षिक ३ करोड वढीको निर्यात हुने उल्लेख गर्दै, स्थानीय सरकारले सहकारी मार्फत कृषि तथा पशुपालनका क्षेत्रमा काम गर्ने हो भने, बढी प्रभावकारी हुने बताउनुभयो ।
अन्र्तक्रियामा रिब्दीकोट गाउपालिका पाल्पाका अध्यक्ष नारायण बहादुर जि.सी.ले सहकारीहरुलाई फराकिलो सोच राखेर, गरीवी न्यूनीकरणमा लाग्न अनुरोध गर्नुभयो । अध्यक्ष जिसीले रिब्दीकोट गाउपालिकाले सहकारीहरुलाई जोडेर संजाल बनाएको बताउदै, सहकारीका समस्या समाधान गर्न पनि संजालको भुमिका महत्वपूर्ण हुने धारणा राख्नुभयो । वार्षिक १७ करोड बढीको निक्षेप संकलन हुने रिब्दीकोटमा २०७६ साल पौष २७ मा सहकारी संजाल गठन गरिएको थियो । सहकारी सम्बन्धी कानुन निर्माण समेत गरिसकेको रिब्दीकोटमा २०५४ सालदेखी सहकारी संस्था गठन भई संचालन हुदैं आएका छन् ।
अन्र्तक्रियामा सहकारीका विज्ञ श्रीकृष्ण नेपालले आर्थिक विकासको महत्वपूण आधार नै सहकारी भएको बताउदै, सहकारी मार्फत नै स्थानीय तहको विकास सम्भव भएको धारणा राख्नुभयो । कार्यक्रममा रिब्दीकोटमा सहकारी जन्माउने अभियन्ता झपेन्द्र गैरे र उत्कृष्ट सहकारीहरुलाई सम्मान गरिएको थियो । रिब्दीकोट गाउपालिकाका उपाध्यक्ष लक्ष्मी खनालको स्वागतमा भएको कार्यक्रमको संचालन शिव जिसीले गर्नुभएको थियो ।