Share
  •   
  •  
  •  
  •  
  •  

विष्णु घिमिरे
पाल्पा बगनासकाली ७ खानिगाउमा ३२ दिने कुक तालिम सम्पन्न भएको छ । नेपाल सरकारको आर्थिक सहयोगमा वल्डलिङ्क टेक्निकल टेनिङ्ग इन्स्च्यिुट प्रालिले बगनासकाली ७ खानिगाउँमा ३२ दिनको कुक तालिम संचालन भएको हो । बुधवार तालिमको समापन गरिएको छ । तालिम समापन कार्यक्रममा वोल्दै नेपाल निजामती कर्मचारी संगठनका पूर्व केन्द्रिय अध्यक्ष गणेश प्रसाद बस्यालले बगनासकाली पर्यटनका क्षेत्रमा अगाडी बढेकोले होमस्टे तालिम प्रभावकारी हुने बताउनुभयो । उहाँले बगनासकालीमा होमस्टेमा आउने पाहुनाहरुलाई फरक स्वादमा रमाउन कुक तालिम प्रभावकारी हुने बताउदै पर्यटन प्रवद्धनमा नेपाल सरकार लागेको बताउनुभयो ।


आन्तरिक र वाह्य पर्यटककहरुको स्वादलाई ध्यानमा राखेर होमस्टे सम्बन्धी र १६० घण्टे कुक तालिमको संचालन गरिएको थियो । तालिममा ६० प्रकारका खाद्य परिकार वनाउन सिकाइएको थियो । पर्यटकहरुलाई घरमै स्वादिष्ट परिकारहरु बनाउन र पर्यटन सम्बन्धी सिकाउन तालिम आयोजना गरिएको संस्थाले जनाएको छ । तालिम समापन कार्यक्रममा वल्डलिङ्क टेक्निकल टेनिङ्ग इन्स्च्यिुट प्रालिका विक्रम पाण्डे र केदार प्रसाद वास्तोला, सीप विकासका तालिम अधिकृत कृष्ण देवकोटा र लक्ष्मण प्रसाद चालिसे लगायतले बगनासकालीमा पर्यटन प्रबद्धनको सम्भावना देखेर सहयोग गरिएको बताउनुभयो । सहभागि सुकमाया वि.क.ले तालिमले हौसला प्रदान गरेको बताउदै होमस्टे संचालनमा सजिलो भएको भनाई राख्नुभयो । समापन समारोह बगनासकाली ७ खानिगाउँका वडा अध्यक्ष गुन बहादुर बुढाथोकीले गर्नुभएको थियो ।