Share
  •   
  •  
  •  
  •  
  •  

विष्णु घिमिरे
पाल्पा, १४ चैत्र, ०७७
बगनासकाली गाउँपालिका लुम्बिनी प्रदेशकै पहिलो बालमैत्री गाउँपालिका बनेको छ । लुम्बिनी प्रदेशका १२ जिल्लाहरु मध्ये सबैभन्दा पहिले बालमैत्री गाउपालिका घोषणा गरी, पहिलो बनेको हो । शनिवार गाउपालिकामा आयोजित विशेष सभामा बगनासकाली गाउँपालिका बालमैत्री गाउपालिका भएको घोषणा गरिएको हो ।
लुम्बिनी प्रदेशको पहिलो, नेपालका ७ सय ५३ वटा स्थानीय तहहरुमै १० औं, र नेपालका गाउपालिकाहरुमा तेस्रो गाउपालिकाको रुपमा बगनासकाली गाउपालिका बालमैत्री बनेको गाउपालिकाले जनाएको छ । बगनासकाली गाउँपालिकामा वालविवाहको न्यूनीकरण, वालश्रमको अन्त्य, बालअधिकारको सुनिश्चत भएपछी गाउपालिकालाई वालमैत्री घोषणा गरिएको हो । आर्थिक वर्ष ०७४।०७५ बाट सुरु भएको बालमैत्री कार्यक्रम ३ आर्थिक वर्षमा सकिएको हो । बालमैत्री राष्ट्रिय रणनीति २०६८ अनुसार ३९ सूचक मध्ये १७ वटा सूचकहरुमा शतप्रतिशत र २२ वटा सूचकहरुमा ८० प्रतिशत नतिजा ल्याए बालमैत्री घोषणा गर्न सकिने प्रावधान रहेको छ । बगनासकाली गाउँपालिकाले २३ वटा सूचकहरुमा शत प्रतिशत र ९ वटा सूचकहरुमा ९० प्रतिशत नतिजा ल्याई बालमैत्री घोषणा गरेको हो । त्यसैगरी बालमैत्री कार्यक्रमको लागि निरन्तरता र गुणस्तरको शुनिश्चितताको लागि विशेष गाउँसभाले ५ वर्षको प्रतिवद्धता समेत जनाएको छ ।


बगनासकाली गाउपालिकालाई बालमैत्री घोषणा गर्दै गाउपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालले ३ वर्षको मेहनतले सार्थकता पाएको बताउनुभयो । बालमैत्री घोषणा संगै जिम्मेवारी थप भएको महसुस भएको भन्दै अध्यक्ष बस्यालले अवका दिनमा अझ बालवालिका प्रति जिम्मेवार हुने समेत प्रतिवद्धता व्यक्त गर्नुभयो । दिगो बालमैत्री गाउपालिकाको लागि घोषणामा सिमित नहुने भन्दै अध्यक्ष बस्यालले वालवालिकाहरुको दिर्घकालिन विकासका लागि रणनितिक योजनाहरु समेत सार्वजनिक गर्नुभएको थियो ।
घोषणा सभामा प्रमुख अतिथि बगनासकाली बालसंजालकी अध्यक्ष इन्दु गाहाले बालमैत्री घोषणाले बालवालिकाहरुमा उत्साह थपेको बताउनुभयो । कार्यक्रममा नेकपा एमालेका हरि पाठक, नेपाली काँग्रेसका यमलाल तिमिल्सेना, नेकपा माओवादी केन्द्रका कोशल न्यौपाने, राष्ट्रिय प्रजातन्त्र पाटीका कपिल ढुङ्गगाना, बालमैत्री कार्यक्रमकी राष्टिङ्ग सहजकर्ता शर्मिला पौडेल, तिनाउ गाउपालिकाका प्रमुख प्रशाशकिय अधिकृत सुन्दर प्रसाद श्रेष्ठ लगायतले घोषणाले उत्साह थपेको बताउदै निरन्तरताको शुभकामना दिनुभयो ।

घोषणासभामा बालमैत्री कार्यक्रम सफल बनाउन सहयोग गर्ने पूर्व प्रमुख प्रशाशकिय अधिकृतहरु सुन्दर प्रसाद श्रेष्ठ, रामचन्द्र अर्याल, तत्कालिन फोकल पर्सन मनोज आचार्य, बालमैत्री कार्यक्रमकी राष्टिङ्ग सहजकर्ता शर्मिला पौडेल र पत्रकार विष्णु घिमिरेलाई दोसल्ला, र कदरपत्रले सम्मान गरिएको थियो । त्यसैगरी वालसहजकर्ता, फोकल पर्सनहरु, र ९ वटै वडाहरुलाई सम्मान गरिएको छ ।