Share
  •   
  •  
  •  
  •  

पाल्पा । सिटिजन लाइफ इन्स्योरेन्स पाल्पा शाखा ले जीवन बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीले एक कार्यक्रम आयोजना गरि बीमित स्व. धन बहादुर चिदि को घर बगनासकाली गाउँपालिका वडा नं. १ खोरबारी स्थित घरमै पुगेर गाउँपालिका उपाध्यक्ष सरस्वती चिदीको प्रमुख आतिथ्यमा मृतककी श्रीमती गोमा कुमारी चिदी लाई दाबी भुक्तानी रकम ५ लाख ७२ हजार ५ सय रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।

नौ महिना अगाडी मात्रै कम्पनीको पाल्पा शाखाबाट ५ लाख रुपैयाँ बराबर बीमाङ्कको डबल सुरक्षा योजना भएको सिटिजन शुभारम्भ योजना बीमालेख लिएका चिदिको कोरोना संक्रमणको कारण मृत्यु भएको थियो ।

बीमा दाबी भुक्तानी रकम हस्तान्तरण गर्न आयोजित उक्त कार्यक्रममा गा.पा उपाध्यक्ष चिदिले मृतक धन बहादुरको आत्माको चिर शान्तिको कामना गर्दै सिटिजन लाइफले घर मै आएर बिमा दाबी रकम हस्तान्तरण गरेकोमा कम्पनीलाई धन्यवाद दिनु भयो । कार्यक्रममा पाल्पा शाखा प्रबन्धक विजय कार्कीले कम्पनी र जीवन बीमाको महत्वको बारे प्रकाश पार्नुका साथै मृतकको परिवारले दुई गुणा बिमान्क अन्तर्गत थप एक गुणा बिमा रकम ५ लाख रुपैया १९ बर्ष पछि सोही परिवारलाई फेरि भुक्तानी दिने जानकारी गराए। कार्यक्रममा ब्रान्च अफिस असोसिएट जिन्ता राना, एजेन्सी म्यानेजरहरु रिता पाण्डेय र अबिता नेपाली लगायतको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रम कम्पनीको पाल्पा शाखाका
युनिट म्यानेजर निर्मल दर्लामीले संचालन गरेका थिए ।